Total Hits: 0

कर्णाली प्रिमियर लिगः धनगढीद्धारा एबीसी स्पोर्ट्स क्लब ३२ रनले पराजित

  • Posted: Saturday, May 19, 2018 15:32 PM ( 3 years ago )

सुर्खेत, जेठ ५ – सुर्खेतको वीरेन्द्रनगरमा चलिरहेको कर्णाली प्रिमियर लिग (केपीएल) क्रिकेटमा धनगढी क्रिकेट एकेडेमीले एबीसी स्पोर्ट्स क्लबलाई ३२ रनले हराएको छ ।

लगातार तेश्रो जित हात पार्ने क्रममा धनगढीले १ सय ५४ रनको लक्ष्य पछ्याएको एबीसीलाई १ सय २१ रनमा अलआउट गरेको हो । एबीसीका आयुष्मान बमले ३१ र  महेश खत्रीले २१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

धनगढीका बलर सुनिल धमला, बिक्रम ठगुन्ना र भुवन कार्कीले २–२ विकेट लिए । टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । धनगढीका सुनिल धमलाले ४०, बसन्त कार्कीले ३० र लोकेश बमले २५ रन बनाए । एबीसीका बलर सुनिल मिश्रा, करन मल्ल र आकाश थापाले २–२ विकेट लिए ।

प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook