बाग्मती सफाई महाअभियान : ५ वर्ष पूरा, १८ हजार मेट्रिकटन फोहोर उठाइयो
- Posted: Saturday, May 19, 2018 08:49 AM ( 3 years ago )
काठमाडौं, जेठ ५ – बाग्मती सफाई महाअभियानले आज ५ वर्ष पूरा गरेको छ । २०७० साल जेठ ५ गतेदेखि सुरु भएको अभियानका क्रममा आजसहित बाग्मती सफाईमा २ सय ६२ औं हप्ताको सफाई अभियान भएको छ ।
५ वर्षको अवधिमा सुन्दरीजलदेखि चोभारसम्मको बाग्मती नदीमा २ पटक सफाई गरिसकिएको छ । यस्तै अहिलेसम्म १८ हजार मेट्रिकटन फोहोर उठाइएको छ । सफाई अभियानमा १५ सय भन्दा बढी संस्थाको सहभागिता छ ।
५ वर्षमा मानिसमा सफाई गर्नपर्छ भन्ने धारणमा पनि परिवर्तन भएको अभियन्ताले बताएका छन् । साथै काठमाण्डूमा सुरु भएको बाग्मती सफाई अभियानको सिको गर्दै देशका अरु नदी तथा शहरको सफाई पनि सुरु भएको छ । अभियानले ५ वर्ष पूरा गरेको अवसरमा आज बेलुकी दीप प्रज्वलन कार्यक्रम हुँदैछ ।
कार्यक्रममा पूर्व प्रधानन्यायाधीस, खानेपानी मन्त्री विना मगरलगायतको उपस्थिति रहने बाग्मती सफाई अभियान सुरुवात गर्ने संस्थामध्येको एक संस्था नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष एवं सफाई अभियन्ता राजकुमार भट्टराईले जानकारी दिनुभयो ।
बाग्मती सफाई महाअभियानको २ सय ६२ औँ हप्तामा अहिले शंखमुल दोभान आसपासका क्षेत्रमा सफाई भइरहेको छ । सफाईमा झण्डै ४ सय भन्दा बढिको सहभागिता रहेको अभियन्ता रामशरण कार्कीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...