क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
- Posted: Saturday, May 19, 2018 06:10 AM ( 3 years ago )
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
क्युबाको सरकारी विमान सेवा कम्पनीको बोइङ विमान हवानाको होजे मार्टी अन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो । विमानमा चालक दलका सदस्यसहित १ सय १६ जना थिए ।
क्युबाका समाचार माध्यमका अनुसार तीन जनालाई भने गम्भीर अवस्थामा उद्धार गरिएको छ । बाँच्न सफल तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । क्युबाकै पूर्वी क्षेत्रमा अर्को शहर होलुगुइनका लागि उडेको विमानमा रहेका सबै यात्रु क्युबाकै नागरिक हुन् । चालक दलका ६ जना सदस्य भने मेक्सिकोका थिए । क्युबाको एयरलाइन्सले दुर्घटनामा परेको विमान मेक्सिकोको कम्पनीसँग भाडामा लिएर सञ्चालन गरिरहेको थियो ।
क्यूबाली राष्ट्रपति मिगेल डियाज दुर्घटनास्थल पुगेर दुर्घटनाको छानबिन गर्न आदेश दिएका छन् । उनले दुर्घटनामा ज्यान गुमाउनेहरुको परिवारप्रति दुःख व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...