Total Hits: 0

कर्णाली प्रिमियर लिग : टिकापुर, धनगढी र रुपन्देही विजयी

  • Posted: Friday, May 18, 2018 19:59 PM ( 3 years ago )

सुर्खेत, जेठ ४– कर्णाली प्रिमियर लिग (केपीएल) मा टिकापुर क्रिकेट क्लबले दोस्रो जित हात पारेको छ ।

शुक्रबार वीरेन्द्रनगरको रंगशालामा भएको खेलमा टिकापुरले महाकाली क्रिकेट क्लबलाई २ विकेट हरायो । बिहीबार भएको आफ्नो पहिलो खेलमा टिकापुरले भेरीगङ्गा स्पोर्टस् क्लबलाई १ सय ९ रनले हराएको थियो । 

टस हारेर पहिले ब्याटिङ गरेको महाकाली क्रिकेट क्लबले निर्धारित २० ओभरमा पुरै विकेट गुमाएर १ सय ४८ रन बनायो । महाकालीको लागि प्रकाश सिंहले सर्वाधिक ३७ रन, नरेश बोहराले ३३ रन र सुरेन्द्र चन्दले २९ रन बनाए ।  बलिंगतर्फ टिकापुर क्लबका बबिन  शर्मा र अर्जुन शाहीले २/२ विकेट लिए ।  

१ सय ४९ रनको लक्ष्य पछ्याएको टिकापुरले १९.५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेटाएको थियो । टिकापुरका रबी शाहले ३७ बलमा ११ चौका प्रहार गर्दै सर्वाधिक ५५ रन बनाए । त्यस्तै आयुब चन्दले २४ र अजय बिस्टले २० रन बनाए । अन्तिम ओभरको २ बलमा जितको लागि ५ रन आवश्यक रहेको बेला ललित प्याकवालले छक्का प्रहार गर्दै जित दिलाएका थिए । खेलको प्लेयर अफ द म्याच रबी शाह घोषित भए । 

शुक्रबार भएको अर्को खेलमा धनगढी क्रिकेट क्लबले लगातार दोस्रो जित हात पारेको छ । शुक्रबार भएको आफ्नो दोस्रो खेलमा धनगढीले रोयल राइजिङ क्लबलाई ४९ रनले पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले अलआउट हुँदै एक सय ६१ रन बनाएको थियो । 

यस्तै, शुक्रबार नै भएको अर्को खेलमा रुपेन्देही– ११ पनि विजयी भएको छ । रुपन्देहीले भेरीगङ्गा स्पोर्टस् क्लबलाई ८ विकेटले पराजित गर्दै जित हात पारेको हो । वीरेन्द्रनगरको रंगशालामा भएको खेलमा टस जितेर पहिलो ब्याटिंग गरेको भेरीगङ्गाले निर्धारित १८.६ ओभरमा सबै विकेट गुमाएर ६८ रन बनाएको थियो । 

शनिबार पनि कर्णाली प्रिमियर लिग अन्तरगत तीन खेल हुँदैछन् । मध्यपश्चिम क्रिकेट क्लब र रोयल राइजिङबीच बिहान ७ बजे, एबीसी स्पोट्र्स क्लब र  धनगढी क्रिकेट क्लबबीच बिहान साँढे १० बजे र त्रिभुवन आर्मी क्लब र रुपन्देही – ११ बीच दिउँसो २ बजे खेल हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook