पार्टी एकता केही समयको रमझम मात्रै हो – बिजुक्छे
- Posted: Friday, May 18, 2018 18:08 PM ( 3 years ago )
भक्तपुर, जेठ ४ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई केही समयको रमझम मात्रै भएको टिप्पणी गर्नुभएको छ ।
आफ्नो पार्टीलाई मात्रै सच्चा कम्युनिष्ट देख्दै आउनुभएका बिजुक्छेले दुई पार्टी एकीकरणपछि कडा टिप्पणी गर्दै यो रमझम धेरै नटिक्ने बताउनुभएको हो ।
रफत सञ्चार क्लब भक्तपुरले शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘एमाले र माओवादी केन्द्रबीचको एकता सैद्धान्तिक रुपमा नभई भागबण्डाको आधारमा भएको हो, यो एकताको रमझम धेरै वर्ष टिक्दैन । पार्टी एकता त्याग, योग्यता र समर्पणको भावना देखिएन त्यसैले केही वर्षमै यो पार्टी फुट्छ ।’
एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी एसियाकै ठूलो कम्युनिष्ट पार्टी भएको भन्ने भनाईप्रति आलोचना गर्दै बिजुक्छेंले यसलाई गलत प्रचारबाजी भएको जिकीर गर्नुभयो । उहाँले भन्नुभयो, ‘रुसको कम्यूनिष्ट पार्टी संख्यात्मक रुपमा संसारकै ठूलो पार्टी भयो, तर सैद्धान्तिक रुपमा आत्मासात गर्न नसक्दा देशै नै टुक्राटुक्रा भयो, यो यथार्थलाई नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले बुझ्नु जरुरी छ ।’
सरकारको समेत आलोचना गर्दै बिजुक्छेले सरकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमै बोलाएर अरुण तेस्रोको साँचो हस्तान्तरण गरेर बिक्री गर्न खोजेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘विगतका सरकार प्रमुख भारत गएर देशका नदी नाला बेचेर फर्कन्थे, अहिलेको सरकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा बोलाएर अरुण तेस्रोको साँचो हस्तान्तरण गर्नुभयो, यसबाट सरकारकोे चरित्र प्रष्टिएको छ ।’
मोदीको नेपाल भ्रमणले नेपाललाई आर्थिक व्ययभार मात्रै थपेको तर उपलब्धी केही नभएको बताउँदै उहाँले मोदी फर्किएलगत्तै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले यसको पुष्टि गरेको जिकीर गर्नुभयो ।
उहाँले विगतमा पञ्चायतले तीस वर्ष शासन गर्दा देश र जनताको हितमा काम गर्न नसके जस्तै वर्तमान सरकाले पाँच वर्ष सत्ता चलाए पनि कुनै उपलब्धि हासिल गर्न नसक्ने बताउनु भयो ।
पञ्चायतीकाल जस्तै कांग्रेस र एमाले र माओवादी नेतृत्व सरकार पनि अधिनायकवादी शैलीमै काम गरिरहेको टिप्पणी गर्दै उहाँले सरकार ठेकदार, दलाल, गुण्डा र काला व्यापारीको आडमा चलेको आरोप लगाउनुभयो । सरकारले सिंहदरवारको अधिकार स्थानीय तहमा पुर्याउन नसकी सिंहदरबारमै केन्द्रित गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...