चितवनका कुखुरामा बर्डफ्लु देखियो
- Posted: Friday, May 18, 2018 17:00 PM ( 3 years ago )
चितवन, जेठ ४ – चितवनमा बर्डफ्लु देखापरेको छ ।
खैरहनी नगरपालिका–९, सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको हो ।
राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा. दयाराम चापागाईंले केही दिनअघि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएकामा वैशाख ३१ गते बर्डफ्लु प्रमाणित भएको बताउनुभयो ।
बिहीबारको मन्त्रिस्तरको निर्णयपछि आज फार्म र आसपासका क्षेत्रमा रहेका कुखुरा र हाँस मार्ने काम भइरहेको उहाँले बताउनुभयो । राजनको फार्ममा पालिएका एक हजार ५०० र लक्ष्मणको फार्ममा पालिएका एक हजार लेयर्स कुखुरा रोगले मर्न थालेपछि परीक्षणका लागि पठाइएको थियो । सँगै रहेका ती दुवै फार्मका सबै कुखुरा मरिसकेको चापागाईंले बताउनुभयो ।
खोरमा रहेका कुखुरा धमाधम मर्न थालेपछि यही वैशाख १४ गते जाँचका लागि भरतपुरमा रहेको राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला ल्याइएको थियो । परीक्षणमा एच फाइव एन वान (एभिएन इन्फ्लुएन्जा) नामक जीवाणु (भाइरस) भेटिएको चापागाईंले बताउनुभयो ।
सोपश्चात् केन्द्रीय प्रयोगशालामा परीक्षणका लागि नमूना पठाइएको थियो । केन्द्रीय प्रयोगशालाले वैशाख ३१ गते बर्डफ्लु प्रमाणित गरेर पठाएको थियो ।
यसैबीच बर्डफ्लु पुष्टि भएपछि खैरहनी–९, सुर्तनीको केही भागलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ । उक्त क्षेत्रमा पक्षी तथा पक्षीजन्य पदार्थको ओसारपसारमा पनि रोक लगाइएको छ भने त्यस क्षेत्रमा रहेका पंक्षी सुरक्षित रुपमा नष्ट गरिएको छ ।
यसैबीच पशु सेवा कार्यालयले कुखुराको खोर सफा गर्न अनुरोध गरेको छ । यो जीवाणु मानिसमा पनि सर्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणसमक्ष पनि कार्यालयले आग्रह गरेको छ ।
यसअघि २०७० सालमा जिल्लामा बर्डफ्लु देखिएको थियो । सो समयमा बर्डफ्लुका कारण ठूलो संख्यामा कुखुरा मरेका थिए । नेपालको सीमा क्षेत्र भारतमा यस वर्ष पनि बर्डफ्लु देखा परेपछि नेपालमा उच्च सतर्कता अपनाइएको भए पनि बर्डफ्लु देखिएको हो ।
कुखुराजन्य क्षेत्रमा नेपालमा ७० अर्ब रुपैयाँभन्दा बढी लगानी छ । जसमध्ये आधाभन्दा बढी लगानी चितवनमा छ । –रासस
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...