Total Hits: 0

नेकपाकाे गठन एकता होइन, माओवादीको एमालेमा विलय हो : मोहन वैद्य

  • Posted: Friday, May 18, 2018 16:54 PM ( 4 years ago )

ओखलढुंगा, जेठ ४ – नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले नवगठित नेपाल कम्युनिष्ट पार्टी एकताबाट बनेको नभइ माओवादीको एमालेमा विलय भएको टिप्पणी गर्नुभएको छ ।

वैद्यले नेकपा (क्रान्तिकारी माओवादी), जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा दुइ पार्टीको एकता नभएर दक्षिणपन्थी अवसरवादी धारको मिलन भएको भन्दै यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँ प्रदेश नं. १ स्तरीय युवा प्रशिक्षण कार्यक्रममा सहभागी हुन ओखलढुंगा आउनुभएको हो । नेपालमा संशोधानवादी, अवसरवादी धारको एकिकरण भएकाले अब क्रान्तिकारी कम्युनिष्टहरुको धुव्रीकरणमा नयाँ जनवादी धारको विकास गर्दै जनवादी क्रान्तिमा जाने आफ्नो कार्यदिशा रहेको वैद्यले प्रष्ट पार्नुभयो ।

नयाँ जनवादी क्रान्तिका माध्यमबाट मुलुकमा समाजवाद हुँदै साम्यवाद स्थापना गर्ने बाटोमा अघि बढ्न दक्षिणपन्थी अवसरवादको विरुद्धमा संघर्ष गर्ने उहाँले बताउनुभयो । यसका लागि विप्लव र मोहनविक्रम सिंहसँग एकताका लागि छलफल भइरहेको क्रान्तिकारी माओावदीले जनाएको छ ।

संगठन सुदृढिकरण र जनपरिचालन अभियान अन्र्तगत प्रदेशस्तरीय प्रशिक्षणका लागि महासचिव वैद्य, नेता सिपी गजुरेलसहित एक दर्जन पोलिटब्यूरो र केन्द्रीय सदस्यहरु ओखलढुंगा आएका छन् । प्रशिक्षण शनिबारसम्म चल्ने जिल्ला सेक्रेटरी पर्वतले बताउनुभयो ।

विगतको झापा आन्दोलनदेखि दश वर्षे जनयुद्ध परिस्थितिले जन्माएको परिघटना भए पनि ती सबै इतिहासलाई भुलेर अवसरवादीहरु सत्तामा गएको वैद्यको आरोप छ । आफैंले नेतृत्व गरेको आन्दोलनका कार्यकर्ता एकातिर जेलमा भइरहँदा अर्कातिर तिनै पार्टीको नेता सरकारमा रहनु विचित्र भएको महासचिव वैद्यको भनाइ छ । वैद्यले बालकृष्ण ढुंगेलको उदाहरण दिँदै अवसरवाद प्रस्ट भएको टिप्पणी गर्नुभयो ।

माओवादीमा रहँदा बाबुराम, प्रचण्ड र आफूले राष्ट्रघाती सम्झौताको रुपमा लिएको माथिल्लो कर्णाली भारतसँग सम्झौता गर्नु लज्जास्पद भएको उहाँको भनाइ छ । उहाँले ओलीको राष्ट्रवाद मोदीसँग एउटै भेषमा जनकपुरमा ओर्लेको देख्दै छर्लंग भएको भन्दै व्यंग्य गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook