Total Hits: 2.4 K

बोको हरामका १५ लडाकू मारिए, बन्धक बनाइएका ५३ जना मुक्त

  • Posted: Friday, May 18, 2018 09:32 AM ( 2 years ago )

जेठ ४ – नाइजेरियाको विद्रोही समूह बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ । 

उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरूलाई अपहरणमुक्त गराएको सेनाका उच्च अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

अपहरणमुक्त भएकाहरूमध्ये ३३ जना महिला, १६ जना बालबालिका, चार जना पुरुष रहेको सेनाका प्रवक्ता ओन्येम वाचुकुले बताए । 

बोको हराम विरुद्ध भएको सुरक्षा कारबाही अभियानका क्रममा सरकारी सेनाले उनीहरुलाई अपहरणमुक्त गराएको हो । नाइजेरिया सरकारले मे महिनामा मात्रै अहिलेसम्म बोको हरामको नियन्त्रणमा रहेका एक हजार जनालाई मुक्त गराएको छ । 

यसैबीच, नाइजेरियाली सेनाले देशका विभिन्न ठाँउमा गरेको सुरक्षा कारबाहीका क्रममा बोको हरामका १५ लडाकु मारिएका छन् । बुधबार दिएको जानकारी अनुसार नाइजेरियाको उत्तर पूर्वी राज्य बोर्नो र दक्षिणी राज्य लेक चाड बासिन क्षेत्रमा उनीहरू मारिएका हुन् । 

बोको हरामका चार जना लडाकू सेनाले थापेको विद्युतीय धरापमा परेर ज्यान गुमाएका हुन् भने अरु ११ जनालाई लुकिरहेको बेला घेरेर सुरक्षा कारबाही गरिएको थियो । 

सन् २००९ मा सुरु भएको बोको हरामको हिंसात्मक गतिविधिका कारण नाइजेरियामा अहिले सम्म २० हजार जना मारिएका छन् भने २३ लाख विस्थापित भएका छन् । रासस/सिन्ह्वा

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook