Total Hits: 0

नेपाल कम्युनिष्ट पार्टीले आज सबै केन्द्रीय सदस्यको नाम सार्वजनिक गर्ने

  • Posted: Friday, May 18, 2018 09:05 AM ( 4 years ago )

काठमाडौं, जेठ ४ – नवगठित नेपाल कम्युनिष्ट पार्टी आज केन्द्रीय कमिटिको सबै सदस्यको नाम सार्वजनिक गर्दैछ । हिजो नै सबै सदस्यलाई सपथ खुवाएको पार्टीले आज ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको नाम सार्वजनिक गर्ने तयारी गरेको हो । 

नवगठित पार्टीमा विगटित एमालेको २ सय ४१ र माओवादी केन्द्रको २ सय गरि ४ सय ४१ केन्द्रीय सदस्य छन् । यी सबैले हिजो नै सपथ खाएपनि सदस्यहरूको वरियताक्रम मिलाउन बाँकी रहेको भन्दै हिजो नाम सार्वजनिक गरिएको थिएन । केन्द्रीय कमिटीको एकतिहाइ अर्थात् बढीमा १४५ सदस्यीय पोलिटब्युरो बन्नेछ । तीन महिनाभित्र पोलिटब्युरो गठन तथा प्रदेशलगायत तल्ला तहका सबै कमिटी एकीकरण गरिसक्ने अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले हिजो नै घोषणा गर्नुभएको छ ।

यस्तै नेकपाको स्थायी कमिटी  ४५ सदस्यीय हुनेछ । यसैबीच नेपाल कम्युनिष्ट पार्टीले विघटित पार्टीका सूचनापाटी आज झिक्ने तयारी गरेको छ । हिजो पार्टी एकता भएपछि एमाले र माओवादी नरहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले आज विघटित पार्टीका सूचनापाटी आज झिक्ने तयारी गरेको हो ।

अब नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालय तत्कालका लागि धुम्बाराहीमा रहने र जनसङ्गठन तथा जनसम्पर्कका कामहरु भने पेरिसडाँडाबाट हुने जनाएको छ । धुम्बाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा(एमाले) को अस्थायी र पेरिसडाँडामा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय कार्यालय थिए । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook