Total Hits: 0

ग्वार्डिओला सिटीमा अझै तीन वर्ष बस्ने

  • Posted: Friday, May 18, 2018 07:02 AM ( 3 years ago )

जेठ ४ – इंग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीका म्यानेजर पेप ग्वार्डिओलाले सम्झौता नविकरण गरेका छन् । ग्वार्डिओलाले तीन वर्षका लागि सम्झौता गरेका छन् । 

४७ वर्षीय ग्वार्डिओला सन् २०२१ सम्म सिटीलाई नेतृत्व गर्नेछन् । बार्सिलोना तथा बार्यनका पूर्व प्रशिक्षक ग्वार्डिओला एकै क्लबमा लामो समय बसेको यो पहिलो पटक हो ।

सन् २००८ देखि प्रशिक्षणको करियर सुरु गरेका ग्वार्डिओलाले चार वर्ष बार्सिलोनामा बिताएका थिए । त्यसपछि उनले २०१३ मा बार्यन म्युनिखमा तीन वर्ष बिताए । 

ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले यो सिजन प्रिमियर लिगका साथै लिग कपको पनि उपाधि जितेको थियो । 
प्रिमियर लिगमा ३२ जितका साथ एक सय ६ अंक बनाउदै नया किर्तिमान बनाएको थियो । 

घरेलु प्रतियोगिता एफ ए कपमा सिटी विगान एथ्लेटिकसँग पाचौ चरणमा पराजित भएको थियो भने च्याम्पियन्स लिगमा क्वाटरफाइनलमा सिटीसँग हार्न पुगेको थियो ।

तीन वर्षको नयाँ सम्झौता पछि ग्वार्डिओलाले आफू निकै खुशी र उत्साहित भएको बताए । सिटीमा काम गर्दा निकै रमाईलो लागिरहेको बताउँदै ग्वार्डिओलाले अगामी सिजनमा झन् राम्रो गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook