Total Hits: 0

आईपीएल क्रिकेट : हैदराबादलाई हराएपछि बेंग्लोरको आशा कायमै

  • Posted: Friday, May 18, 2018 06:46 AM ( 3 years ago )

जेठ ४ – रोयल च्यालेन्जर्स बेंग्लोरले आईपीएल क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । विहीबार रातिको खेलमा शीर्ष स्थानको सनराईजर्स हैदराबादलाई १४ रनले हराउँदै बेंग्लोरले प्लेअफको सम्भावना जिवितै राखेको हो ।

जितसँगै बेंग्लोर १३ खेलबाट १२ अंकसहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । हारे पनि हैदराबाद अंकतालिकाको शीर्ष स्थानमा कायमै छ । 

२ सय १९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय ४ रन मात्र बनाउन सक्यो । हैदराबादका कप्तान केन विलियम्सनले ८१ र मनिष पाण्डेले नटआउट ६२ रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । विलियम्सनले ४२ बलमा ७ चौका र ५ छक्का प्रहार गरे भने मनिषले ३८ बलमा ७ चौका र २ छक्का प्रहार गरे । यस्तै, एलेसक्स हल्सले ३७ रन बनाए ।

पहिले ब्याटिङ गरेको बेग्लोरले एभीडी भिलियर्सको ६९ र मोइन अलीको ६५ रनको मद्दतमा ६ विकट गुमाएर २ सय १८ रन बनाएको थियो । यस्तै, कोलिन डे ग्राण्डोमले १७ बलमा ४० रन बनाए । डी भिलियर्सले ३९ बलमा १२ चौका र १ छक्का प्रहार गरेका थिए भने मोइनले ३४ बलमा २ चौका र ६ छक्का हानेका थिए । 

प्रतियोगितामा आज चेन्नई सुपरकिंग्स र दिल्ली डेयरडेभिल्स खेल्नेछन् । आजको खेलमा दिल्लीबाट नेपालका सन्दीप लामिछानेले पनि खेल्नेछन् । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook