Total Hits: 0

कर्णाली प्रिमियर लिग (केपीएल) आजबाट सुरु

  • Posted: Thursday, May 17, 2018 14:49 PM ( 3 years ago )

सुर्खेत, जेठ ३ – कर्णाली प्रिमियर लिग (केपिएल) बिहीबारबाट सुरु भएको छ ।

खेलको उद्घाटन गर्दै प्रदेश प्रमुख दुर्गाकेश खनाल र सामाजिक विकास मन्त्री दल रावलले उद्घाटन गर्नुभएको थियो । प्रदेश प्रमुख दुर्गाकेशर खनालले युवाहरुले क्रिकेटप्रति देखाएको उत्साह प्रशंसनिय रहेको बताउनुभयो ।

उहाँले क्रिकेट खेलको सम्भावना धेरै रहेकोे बताउँदै क्रिकेट खेलाडीहरुले अन्तर्राष्ट्रियसम्म आफ्नो पहिचान गराउनुपर्ने बताउनुभयो । उहाँले खेलकुदको विकासका लागि प्रदेश सरकारले लाग्ने पनि विश्वास व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा समाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय स्तरको सुविधासम्म खेलकुद मैदानका गराउने बताउनुभयो । उहाँले यसै आर्थिक वर्षमा खेलकुद मैदानको डीपीआर तयारका लागि पनि बजेट छुट्टाएको जानकारी दिँदै अबको दुई वर्षमा प्रदेश स्तरिय खेलकुद मैदान तयार गरिने बताउनुभयो ।

उहाँले कर्णाली प्रदेशका १० वटै जिल्लामा खेलकुदको विकास गरिने बताउँदै उच्च एक हिमाली जिल्लामा माउन्टेन स्पोष्ट एकेडेमी बनाउने बताउनुभयो । यस केपीएलले कर्णाली प्रदेशको खेलकुद विकासमा ठूलो सहयोग पुगेको उहाँले बताउनुभयो । 

कर्णाली प्रिमियर लिगमा १० टिमको सहभागिता रहेको छ । खेलको उद्घाटन खेलमा वीरेन्द्रनगरमा रहेको रंगशालामा अहिले भेरीगंगा स्पोट्र्स क्लब र टीकापुर क्रिकेट क्लबबीच खेल सुरु भएको छ ।

बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको आयोजना भएको प्रतियोगिता जेठ १२ गतेसम्म सञ्चालन हुनेछ । कर्णाली प्रदेशमै पहिलो पटक सर्वाधिक राशीको प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउनेछन् ।

प्रत्येक दिन भाग्यमानी एक जना दर्शकले एक हजार पाउने आयोजकले जनाएको छ । 

 

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook