Total Hits: 0

आईपीएलमा अघि बढ्दै मुम्बई, पञ्जाव ३ रनले पराजित

  • Posted: Thursday, May 17, 2018 06:48 AM ( 3 years ago )

जेठ ३ –आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले रोमाञ्चक जितसँगै महत्वपूर्ण २ अंक थपेको छ । बुधबार रातिको खेलमा मुम्बइले किंग्स इलाभेन पञ्जावलाई ३ रनले हराएको हाे । 

जितसँगै १३ खेलबाट १२ अंक बनाएको मुम्बई अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । १ सय ८७ रनको लक्ष्य पाएको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो । 

पञ्जावका लोकेश राहुलले ९४ र एरोन फिन्चले ४६ रन बनाए पनि टिमलाई जिताउन त्यो पर्याप्त भएन । जसप्रित बुम्राहले ४ ओभरमा मात्र १५ रन दिएर ३  विकेट लिएपछि मुम्बइको रोमाञ्चक जित सम्भव भएको थियो ।

पहिले ब्याटिङ्ग गरेको मुम्बइका लागि किरोन पोलार्डले ५० र हार्दिक पाण्ड्याले ३२ रन बनाएका थिए । पञ्जाबका एण्ड्रयु टायले ४ विकेट लिए । हारसँगै १३ खेलबाट १२ अंक बनाएको पञ्जाब अंक तालिकाको छैटाैँ स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook