Total Hits: 0

असोज १३ देखि ए डिभिजन लिग, १४ टिम सहभागी हुने

  • Posted: Wednesday, May 16, 2018 18:22 PM ( 3 years ago )

काठमाडौं, जेठ २ – लामो समयदेखि सञ्चालन हुन नसकेको ए डिभिजन लिग आउँदो असोज १३ गतेदेखि हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्गतको एन्फा लिग कमिटीले आज लिगको मिति घोषणा गरेको हो । राष्ट्रिय टिमका पूर्व कप्तान तथा एआईजी विज्ञानराज शर्माको अध्यक्षतामा रहेको लिग कमिटीले विभिन्न चरणमा क्लबहरुसँग छलफल गरेपछि लिगको मिति तय भएको हो ।

लिगमा १४ वटा क्लबको सहभागिता रहने पनि एन्फा लिग कमिटीले जनाएको छ । नेपालको शीर्ष डिभिजनको लिगमा थ्रीस्टार क्लब, मनाङ् मस्र्याङ्दी क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यू रोड टिम एनआरटी, ब्रिगेड ब्वइज क्लब र हिमालयन शेर्पा,  क्लबले सहभागिता जनाउनेछन् ।  यस्तै तीन विभागीय टाेलीहरूमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब र त्रिभुवन अार्मी क्लब, जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, मच्छिन्द्र र संकटा क्लब रहेकाछन् ।

लिग कमिटीले सबै क्लबलाई बढीमा ३५ र कम्तिमा १८ खेलाडी अनुबन्धको स्वीकृति समेत प्रदान गरेको छ । सँगसँगै प्रत्यक क्लबले बढीमा चार विदेशी खेलाडी अनुबन्ध गर्न पाउने र खेलमा बढीमा तीन जनालाई मैदानमा उतार्न सकिने प्रावधान लागु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook