प्रभासले दाेस्रो पटक पनि लत्याए करण जोहरको अफर
- Posted: Wednesday, May 16, 2018 16:13 PM ( 3 years ago )
जेठ २ – ‘बाहुबली’ अभिनेता प्रभाससँग बलिउडका स्थापित फिल्म निर्माता करण जोहरको फिल्ममा काम गर्नका लागि समय छैन ।
प्रभासले निर्माता करण जोहरलाई हाल आफूसँग फिल्ममा काम गर्नको लागि समय नभएको र तपाईँसँग काम गर्नका लागि पछि कुनै समयमा सोचाैँला भन्दै करणको अफरलाई अस्वीकार गरेका छन ।
प्रभासले करणको अफरलाई यसरी नकारेको यो पहिलो पटक भने होइन । यसअघि पनि प्रभासले करणको फिल्ममा काम गर्नका लागि नकारेका थिए । ‘बाहुबली’ र ‘बाहुबली २’ जस्ता सुपरहिट भएका फिल्मका अभिनेता यस समयका निकै महंगा अभिनेतामध्येका एक हुन् । प्रभासले करणको फिल्ममा काम गर्नका लागि धेरै ठूलो रकमको माग गरेका थिए । प्रभासले मागेको रकम दिनका लागि करणले नमानेपछि प्रभासले उनको अफरलाई नकारेका थिए ।
करण जोहरले प्रभासलाई बलिउडमा डेब्यू गराउने कुराको लामो समयदेखि चर्चा थियो । करण चाहन्थे प्रभासले आफ्नो फिल्ममार्फत बलिउड फिल्म उद्योगमा प्रवेश गरुन् । तर प्रभासले करणले सोचेको भन्दा ठूलो रकमको माग गरेपछि करणले प्रभाससँग काम गर्ने सोच नै परिवर्तन गरेका थिए ।
अहिले फेरि करणले प्रभासलाई फिल्मका लागि अफर गरे पनि प्रभासले आफूसँग तपाईँको फिल्मका लागि समय छैन भन्दै टारिदिएका छन । यसबाट प्रभासले सावित गरिदिएका छन् कि उनी फिल्म र फिल्म निर्माताको अघि पछि लाग्दै हिँड्नेहरु मध्येका होइनन् ।
प्रभास हाल फिल्म ‘साहो’ को छायाँकंनमा व्यस्त छन् । यस फिल्मको छायाँकंन अबुधाबीमा भइरहेको छ । यस फिल्ममार्फत बलिउड अभिनेत्री श्रद्धा कपूर तेलुगू फिल्ममा डेब्यू गर्दैछिन् । प्रभास र श्रद्धा अभिनित फिल्म ‘साहो’ तेलुगू र हिन्दी भाषमा रिलिज हुनेछ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...