Total Hits: 4.0 K

कर्नाटकमा नाटक : जेडीएस र कांग्रेस फुटाएरै सरकार बनाउने खेलमा बीजेपी

  • Posted: Wednesday, May 16, 2018 13:02 PM ( 2 years ago )

जेठ २ – कर्नाटक विधानसभा चुनावमा कसैले पनि बहुमत ल्याउन नसकेपछि सरकार गठन प्रक्रिया रोमाञ्चक मोडमा पुगेको छ ।

२२४ सिटमध्ये २२२ सिटमा भएको चुनावमा १०४ सिटमा जित हात पारे पनि भारतीय जनता पार्टी(बीजेपी) एक्लैले सरकार बनाउन नसक्ने भएको छ । बीजेपीलाई सरकार बनाउन थप आठ सिट आवश्यक हुन्छ ।

७८ सिटमा जित हात पारेको कांग्रेस र ३८ सिट जितेको जनता दल सेक्युलर(जेडीएस) ले गठबन्धन बनाएर सरकार बनाउने घोषणा गरिसकेका छन् । तर पनि बीजेपीले आफू सबैभन्दा ठूलो पार्टी भएकाले सरकार आफूले बनाउन पाउनु पर्ने भन्दै कर्नाटकका राज्यपाल वजुभाइ वालासामु सरकार बनाउने दावी पेस गरेको छ ।

बीजेपीले मुख्यमन्त्रीका उम्मेदवार बीएस येदियुरप्पालाई विधायक दलको नेतासमेत छनोट गरिसकेको छ । कांग्रेसले बेंग्लोरको एउटा सुविधासम्पन्न रिसोर्टमा १२० ओटा कोठा बुक गरेको छ । जहाँ कांग्रेसका ७८ जना विधायकलाई राखिनेछ ।

त्यहीँ नै कांग्रेसको विधायक दलको बैठक बस्ने बताइएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार कांग्रेस र जेडीएसका केही सांसद गायब भएको खबर छ । ती सांसदहरु बीजेपीको सम्पर्कमा भएको बताइन्छ ।

बीजेपीले कांग्रेस र जेडीएसलाई फुटाएर भए पनि सरकार बनाउने दाउमा रहेको छ । कांग्रेसका तीन र जेडीएसका दुई सांसद पार्टीको सम्पर्कमा नरहेको बताइएको छ ।

उता जेडीएस–कांग्रेस गठबन्धनबाट मुख्यमन्त्री बन्ने दाउमा रहेका एचडी कुमारस्वामीले भने आफ्नो पार्टीका सबै सांसदमा सम्पर्कमा रहेको बताउँदै आफूहरुले कांग्रेसको समर्थनमा नै सरकार बनाउने स्पष्ट गरेका छन् । 

अब मतादाताले भोट हालिसकेका छन् । आफ्नो म्यान्डेट दिइसकेका छन् । सरकार बनाउने दाउमा सबै लागेका छन् । कांग्रेस र जेडीएस मिल्दा स्पष्ट बहुमत पुग्छ । तर कांग्रेस र जेडीएसका केही सांसदले फ्लोर क्रस गरे भने बीजेपीले पासा पल्टाउनेछ  ।

त्यसैले अब कर्नाटकको राजनीतिमा देखिएको नाटकीय रुपलाई साम्य पार्ने जिम्मेवारी राज्यपालको हातमा रहेको छ । राज्यपालको विवेकले नै अब कर्नाटकको राजनीतिमा विशेष भूमिका खेल्ने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook