Total Hits: 0

आईपीएल क्रिकेट : राजस्थानमाथि कोलकाताको जित

  • Posted: Wednesday, May 16, 2018 06:46 AM ( 3 years ago )

जेठ २ – आईपीएल क्रिकेटमा कोलकाताले राजस्थानलाई ६ विकेटले पराजित गरेको छ । मंगलबार रातिको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै कोलकाताले प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

जितपछि कोलकाता १३ खेलबाट १४ अंकसहित तेस्राे स्थानमा छ । १ सय ४३ रनको लक्ष्य कोलकाताले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । कोलकातालाई जिताउन क्रिस लायनले ४५ तथा कप्तान दिनेश कार्तिकले नटआउट ४१ रन बनाए । बेन स्टोक्सले ३ विकेट लिए पनि राजस्थानको हार टार्न सकेनन् । 

पहिले ब्याटिङ गरेको राजस्थानले जोस बटलरको ३९ र जयदेव उनाद्कटको २६ रनको मद्दतमा १९ ओभरमा १ सय ४२ रनमा अलआउट भएको थियो । कोलकाताका कुलदीप यादवले ४ विकेट लिए । मंगलबार रातिको खेल हारे पनि राजस्थानको पनि प्लेअफमा पुग्ने सम्भावना भने कायमै छ । १३ खेलबाट १२ अंकसहित राजस्थान तालिकाको चौथो नम्बरमा छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook