Total Hits: 0

​दुुई पार्टीबीच फाटो आयो भनेर खेल्नेहरुलाई छिट्टै पार्टी एकता गरी जवाफ दिनेछौँ : ओली

  • Posted: Tuesday, May 15, 2018 20:20 PM ( 4 years ago )

काठमाडौं, जेठ १ – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँगको पार्टी एकता छिट्टै हुने बताउनु भएको छ । 

प्रधानमन्त्री ओलीले दुई दिनको मिति राखेर पार्टी एकता हुने पनि स्पष्ट पार्नुभयो । उहाँले दुई पार्टीबीच फाटो आएको भनेर खेल्ने, बोल्नेहरुलाई पनि जवाफ दिने गरी तत्काल पार्टी एकता गर्न लागिएको बताउनुभयो । मंगलबार युवा संघ, नेपालको २८ औैं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकताका लागि बुधबार हुने वालुवाटार वार्तामा आउन पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । उहाँले पार्टी एकता हुन नदिनेहरुलाई सहने क्षमता वृद्धि गर्न मात्रै दुई पार्टीबीचको एकतामा ढिलाई गरिएको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विषयलाई लिएर आफूलाई विरोध गर्नेहरुको मानसिकता नै विरोधले ग्रस्त गरेको आरोप लगाउनुभयो । उहाँले आफूले संविधान संशोधन गर्न नसकेको भनेर माफी नमागेको पनि स्पष्ट पार्नुभयो । भारतीय प्रधानमन्त्री मोदीसँग ओलीले घुँडामा घाउ हुने गरी लम्पसार परेको भन्ने कांग्रेस युवा नेता गगन थापाको भनाईप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले आफूले संविधान संशोधन गर्न नसकेको भनेर माफी नमागेको स्पष्टिकरण दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग नेपालको हितमा केन्द्रित रहेर दृढताका साथ आफ्ना कुराहरु राखेको पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले सामाजिक न्यायसहितको मुलुकको समृद्धि हुने गरी बजेट ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले सरकारको नीति, कार्यक्रम र बजेट मुलुकलाई समृद्ध बनाउने अभियानलाई तीव्रता दिने गरी आउने बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारले ५ वर्ष भित्र जनताको आधारभूत समस्या समाधान गर्ने दावी पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook