Total Hits: 6.5 K

बनारसमा अचानक आकाशेपुल खस्यो : १२ जनाको मृत्यु, दजैनौँ थिचिएको आशंका

  • Posted: Tuesday, May 15, 2018 19:31 PM ( 2 years ago )

जेठ १ – भारतको बनारसमा निर्माणधीन आकाशेपुल खस्दा १२ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी मानिसहरु किचिएको आशंका गरिएको छ ।

घटनापछि बनारसका जिल्ला प्रशासन तथा प्रहरी अधिकारीहरु घटनास्थलमा पुगिसकेका छन् । यो क्षेत्र केण्ट रेल स्टेशन नजिकै जिटी रोड कमलापति इण्टर कलेजको अगाडि पर्छ । घटनास्थलमा पाँच अटो, चार कार, एक सिटी बस र एउटा मोटरसाइकल पिलरको मुनि थिचिएको देखिन्छ । त्यसबाहेक दर्जनौं गाडीहरु दबिएर दजैनौँको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ । यो बनारसको व्यस्त स्थान पनि हो ।

मुख्यमन्त्री योगी आदित्यनाथले निर्माणाधीन पुल खस्नु दुखद् भएको बताउँदै घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिने प्रतिवद्धता जनाउनुभएको छ । घटनास्थलमा स्थानीय, प्रहरी तथा उद्धारकर्मीहरु उद्धारमा जुटिरहेका छन् ।

यो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र हो । प्रधानमन्त्री नरेन्द्र मोदीले बनारसलाई स्मार्ट सिटी बनाउने घोषणा गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook