Total Hits: 25.2 K

३२ हजार फीटको उचाइमा हावाले विमानको झ्याल फुटाएपछि...

  • Posted: Tuesday, May 15, 2018 18:28 PM ( 2 years ago )

जेठ १ – चीनमा एउटा यात्रुवाहक विमान ३२ हजार फीटको उचाइमा हावाले अगाडिको शिशा उडाएपछि आकस्मिक अवतरण गर्नुपरेको छ । 

३२ हजार फीटको उचाइमा उडिरहेको शिचुआन एयरलाइन्सको विमानको अगाडिको शिशा अचानक हावाले उडाउँदा विमानका सहचालक समेत आधा बाहिर तानिएका थिए ।

शिचुआन एयरलाइन्सको ए ३१९ एयरबसका कप्तान लिउ चुआनचिआनले विमान हावामा कावा खाँदै गर्दा ककपिटभित्र कानै फुटाउने आवाज छिरेको स्थानीय छेङदु आर्थिक दैनिकलाई बताउनुभयो ।

‘झ्यालको शिशा फुटेर ठूलो आवाज आयो । र मैले सहचालकलाई हावाले झ्यालबाहिर आधा धकेलेको थाहा पाएँ’, कप्तान लिउले भने । 

कप्तानका अनुसार सहचालकले सिटबेल्ट बाँधेका हुनाले उनी ककपिटतिरै तानिए । ककपिटको चाप र तापक्रम ओर्लेको थियो र उपकरणहरु झरिरहेका थिए ।
‘ककपिटका उपकरणहरु हावामा तैरिरहेका थिए, मैले रेडियो सुन्न सकिन, कप्तान लिउले भने, जहाज यसरी हल्लिरहेको थियो कि मैले गेज पनि पढ्न सकिन ।’

यसरी घटेको थियो घटना

सिचुआन एयरलाइनन्स को घग्डटघघ विमान दक्षिण पूर्वी चीनको छोङकिङबाट ल्हासाका लागि उडिरहेको बेला यो घटना भएको थियो । यात्रुहरुलाई बिहानको खाना दिइँदै गरेको बेला विमान ३२ हजारबाट सोझै २४ हजार फीटमा झरेको थियो ।

‘के भइरहेको छ हामीलाई थाहा भएन तर हामी आत्तियौँ, चीनको सरकारी पत्रिकालाई एक यात्रुले बताए, ‘अक्सिजन मास्क खस्यो, हामीले केहीबेर विमान सोझै तल झरेको (फ्री फल) महसूस गर्यौँ त्यसपछि यो स्थीर भयो ।’

चीनको नागरिक उड्डयन प्रशासनले घटनामा सहचालकको नाडी मड्किएको र अनुहारमा घाउ छ । जहाज खस्दै गर्दा क्याबिनका अर्का कर्मचारीको कम्मरमा हल्का चोट लागेको छ ।

स्थानीय साउथ चाइना मर्निङ पोष्टका अनुसार यो घटना भए पनि त्यो विमान सबै ११९ यात्रुसहित छेङदु आकस्मिक तर सकुशल अवतरण गरेको छ । त मध्ये २७ यात्रुलाई छेङदुको अस्पतालमा उपचार गरिएको छ । बाँकीमध्ये ५० यात्रुले ल्हासामा अपराह्नमा आइपुगेर पछिल्लो फ्लाइट लिए ।


 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook