Total Hits: 0

‘लम्पसरवादी चरित्र’ देखाएको भन्दै नेविसंघद्वारा ओली सरकारविरुद्ध सडक संघर्ष

  • Posted: Tuesday, May 15, 2018 16:16 PM ( 4 years ago )

काठमाडौं, जेठ १ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सडक संघर्ष सुरु गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रघात हुने खालका सहमति गरेको भन्दै नेविसंघले मंगलबार काठमाडौंको विभिन्न क्याम्पस अगाडि विरोध प्रर्दशन गरेको हो । 

अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको काम भारतलाई दिनेलगायतका राष्ट्रघाती काम गरेपछि त्यसको विरोधमा प्रधानमन्त्रीविरुद्ध संघर्ष गर्नु परेको नेविसंघका नेताहरुले बताएका छन । उनीहरुले सत्तारुढ भारतीय जनता पार्टीका सांसद सांसद कीर्ति आजादले नेपालको स्वाभिमानविरुद्ध दिएको अभिव्यक्तिको पनि सरकारले खण्डन नगरेको भन्दै आपत्ति जनाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले लम्पसारवादी चरित्र देखाएको संघको गम्भीर आरोप छ । राष्ट्रियता, प्रजातन्त्रमाथि धावा बोल्ने काम नगर्न भन्दै उनीहरुले प्रधानमन्त्री ओल विरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए ।

नेविसंघले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा भारतीय सेना नेपाल भित्रयाएको भन्दै आपत्ति पनि जनाएका छन् । मोदीको नेपाल भ्रमणका क्रममा नेपाली मिडियालाई लाइभ गर्न रोक लगाएकोमा पनि नेविसंघले आक्रोश छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook