निर्मलीको जन्मदिनमा मुला काटियो
- Posted: Tuesday, May 15, 2018 16:05 PM ( 3 years ago )
काठमाडौं, जेठ १ – अभिनेत्री निरु खड्काको आज ३५ औँ जन्मदिन परेको छ ।
बिक्रम सम्वत २०४० सालमा झापाको लखनपुरमा जन्मेकी निरुले कोरस नृत्यबाट कलाकारिताको सुरुवात गरेकी हुन् । उनले करिअरको सुरुवातमा सिनेमा ‘माइली’ मा समावेश भएको कति औँली अग्ली भएँ बोलको गीतमा नृत्य गरेकी थिइन् । त्यसपछि उनले कोरश डान्सर भएर लगातार २२ वटा जति सिनेमामा काम गरिन् । त्यसपछि भने उनले कलाकारितामा निरन्तरता दिन सकिनन् ।
पर्दामा २१ वर्षको उमेरमा नाच्न थालेकी निरुले त्यसको केही वर्षपछि टेलिश्रृङ्खला ‘थोरै भए पुगीसरी’मा अभिनेत्रीको रुपमा काम गर्ने मौका पाइन् । त्यसपछि उनले अर्को चर्चित टेलिश्रृङ्खला ‘तितो सत्य’मा पनि काम गरिन् । तर उनलाई चर्चित बनाउनमा भने टेलिसिरियल ‘मेरी बास्सै’को ठूलो भूमिका छ ।
‘मेरी बास्सै’मा गाउँले युवती निर्मलीको भूमिका निर्वाह गरेपछि उनलाई दर्शकले रुचाए । उनी यही एउटा भूमिकाबाट लोकप्रिय भइन् जसले अहिले पनि निरन्तरता पाएको छ । अहिले पनि उनी निर्मलीकै नामले परिचित छिन् ।
जन्मदिनमा मुला
मंगलबार जन्मदिनमा गोकर्णमा एउटा विज्ञापनको छायाँकनमा रहेकी निरुले छायाँकनस्थलमा रमाइलो तरिकाले जन्मदिन मनाएकी छिन् । विज्ञापन निर्देशन गरिरहेका निर्देशक पवन केसीले मुला काटेर उनको जन्मदिनलाई रमाइलो बनाइदिएका हुन् । यो जन्मदिन अहिलेसम्मकै रमाइलो भएको निरुले बताइन् ।
एक वर्षको गहिरो प्रेमपछि बिहे
कलाकारको परिचय पाइसकेपछि बिक्रम सम्बत २०६७ सालमा निरुले नरोत्तम गौतमसँग प्रेम विवाह गरिन् । चार वर्षको चिनजान र एक वर्षको गहिरो प्रेमलाई विवाहमा परिणत गरेको निरु बताउँछिन् ।
नरोत्तम पेशाले व्यवसायी हुन् । निरु र नरोत्तम ७ वर्षकी छोरी र १६ महिनाका छोराका अभिभावक बनिसकेका छन् । चाख लाग्दो कुरा के छ भने निरु नरोत्तमभन्दा एक महिना जेठी छन् । सामान्यतयाः पुरुषभन्दा महिलाको उमेर कम हुनुपर्छ भन्ने हाम्रो सामाजिक मान्यता छ । तर निरुको सन्दर्भमा भने यो लागू भएको छैन । एक महिना जेठी भए पनि निरु नरोत्तमसँगै हुँदा जेठी जस्तो भने देखिन्नन् ।
उज्यालाे र गफगाफ डटकमकाे सहकार्यमा
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...