Total Hits: 0

म्यान्चेस्टर सिटीले यसरी मनायो जितको खुशी

  • Posted: Tuesday, May 15, 2018 11:50 AM ( 3 years ago )

जेठ १ – इङलिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले समर्थक माझ ट्रफी भिक्ट्री परेड गरेको छ । 

खुशीयाली मनाउन झण्डै एक लाख समर्थक उपस्थित भएका थिए । भिक्टोरिया स्ट्रिट हुँदै अघि बढेको परेड म्यानचेस्टर सिटी सेन्टरमा गएर विषेश कार्यक्रममा परिणत भएको थियो । ओपन टप बसमा रहेका सिटीका खेलाडीले  लिग कपको उपाधि पनि सार्वजनिक गरेका थिए ।

शानदार खेल प्रदर्शन गर्दै सिजनको सुखद अन्त्य गरेको सिटीले शहरी प्रतिद्धन्दी म्यानचेस्टर युनाइटेडलाइ १९ अंक्ले पछि पार्दै लिग उपाधि जितेको थियो । साथै सिटीले  लिगमा एक सय अंक जोड्ने पहिलो टिमको किर्तिमानसमेत बनाएको थियो ।  समर्थकलाई सम्बोधन गर्दै प्रशिक्षक पेप ग्वार्डिवालाले, अर्को सिजनको बारेमा सोच्नु भन्दा वर्तमानमा प्राप्त गरेको सफलताको आनन्द उठाउन आग्रह गरे । अब विश्वकपको मज्जा लिने उनको भनाई थियो ।

कप्तान भिन्सेन्ट कोम्पनीले अद्भुत सिजन भएको भन्दै सबै समर्थकलाई धन्यवाद दिए ।  सिजनको अन्त्यसँगै क्लब छोड्ने निर्णय गरेका याया टुर्रे फ्यानले आफ्नो नाम लिएर चियर अप गर्दा स्टेजमा रहेका उनी निकै भावुक बनेका थिए । सिटीले लिगको पाँच खेल अगावै उपाधि जितेको थियो । सिटीले लिग कपको फाइनलमा आर्सनललाइ पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook