Total Hits: 0

यस्तो छ विश्वकप फुटबलका लागि ब्राजिलको टोली

  • Posted: Tuesday, May 15, 2018 11:35 AM ( 3 years ago )

जेठ १ – चोटग्रस्ट नेइमारलाई समेट्दै ब्राजिलले विश्वकप फुटबलका लागि खेलाडीहरुको अन्तिम टोलीको घोषणा गरेको छ । ब्राजिलको स्क्वाडमा ६ जना प्रिमियर लिग क्लबबाट खेल्ने खेलाडी छनौट हुँदा चार जना म्यानचेस्टर सिटीका छन् ।

प्रशिक्षक टिटेले पेरिस सेन्ट जर्मेनका स्ट्राइकर नेइमारसहित २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरेका हुन् । फ्रेन्च लिगका क्रममा घाइते भएका २६ वर्षीय नेइमारको खुट्टाको शल्यक्रिया गरिएको छ । हाल रिकभरीको क्रममा रहेका नेइमार रुस विश्वकपसम्म फिट हुने अपेक्षा गरिएको छ । नेइमारसँगै ब्राजिलको अग्रपंक्ति गाब्रिएल जिसस, रोबर्टो फिरमिनो र टेइसनले सम्हाल्ने छन् । 

डेनिलो, मार्सेलो, फिलिप लुइस, थिएगो सिल्भा, क्यासिमेरो, फर्नान्डिन्हो, पाउलिन्हो, फिलिप कोटिन्हो, विलियनले पनि विश्वकप खेल्ने ब्राजिलको टोलीमा स्थान बनाएका छन ।   टिटेले आफ्नो स्क्वाडमा तीन जना ब्राजिलियन क्लबबाट खेल्ने खेलाडी समावेश गरेका छन् ।  डानी आल्भेसले भने चोटग्रस्त हुदै विश्वकप गुमाएका छन् । टिटे सामु विश्वकपमा गुमेको ब्राजिलको साख फिर्ता ल्याउनु पर्ने जिम्मेवारी रहेको छ । 

घरेलु मैदानमा अघिल्लो पटक भएको विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ब्राजिल सात एक गोलले पराजित भएको थियो । ब्राजिलको टोलीले २१ मेदेखि  रियो दि जनेरियोमा संयुक्त अभ्यास गर्नेछ । त्यसपछि लन्डनमा केही समय अभ्यास गरेपछि पाँच पटकको च्याम्पियन रुस प्रस्थान गर्ने तालिका रहेको छ ।  समूह बी मा रहेको ब्राजिलसँगै स्वीट्जरल्यान्ड, कोस्टारिका र सर्बिया छन । ब्राजिलले समूह चरणको पहिलो खेल १७ जुनमा स्वीट्जरल्यान्डसँग खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook