‘शमशेरा’मा रणवीर कपूरको जोडी बन्दै वाणी कपूर
- Posted: Monday, May 14, 2018 18:54 PM ( 3 years ago )
वैशाख ३१ – केही दिनअघि फिल्म ‘शमशेरा’मा अभिनेता रणवीर कपूरको फस्र्ट लुक सार्वजनिक भएको थियो । त्यस फिल्ममा रणवीर एक डाँकाको भूमिकामा रहनेछन् ।
यस अघिसम्म रणवीरको जोडीको लागि अभिनेत्रीको खोजीमा रहेका निर्माताहरुले अन्ततः अभिनेत्रीको टुंगो लगाएका छन् ।
फिल्ममा रणवीरको अपोजिटमा अभिनेत्री वाणी कपूरलाई अनुबन्धन गरिएको छ । फिल्मका निर्देशक करण मल्होत्राले यस कुराको जानकारी दिएका छन् । यसको आधिकारिक जानकारी सोमबार दिइएको हो ।
मल्होत्राका अनुसार दर्शकलाई मनोरञ्जन दिनका लागि केही नयाँ गर्न खोजिरहेको र अभिनेत्री वाणी यस फिल्मका लागि उपयुक्त रहेकी बताएका छन् । साथैे फिल्मको कहानीलाई अगाडि बढाउन वाणीले निर्वाह गर्ने चरित्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
फिल्ममा अभिनेता सञ्जय दत्तले खलनायकको भूमिका निर्वाह गर्नेछन् । सञ्जय दत्तको जीवनीमा आधारित अभिनेता रणवीर कपूरको फिल्म सञ्जु जून २९, २०१८ मा प्रदर्शन हुनेछ ।
फिल्म ‘शमशेरा’को छायाँकंनको काम २०१८ को अन्तबाट सुरु भई सन् २०१९ को मध्यतिर सकिनेछ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...