Total Hits: 0

​को–को परे एनएसजेएफ अवार्डको मनोनयनमा ?

  • Posted: Monday, May 14, 2018 18:07 PM ( 3 years ago )

काठमाडौं, वैशाख ३१ – नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टर्स अवार्ड, २०७४ अन्तर्गत बाँकी चार विधाका खेलाडीको मनोनयन सोमबार सार्वजनिक गरेको छ । 

मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा वर्षको उत्कृष्ट पुरुष खेलाडीतर्फ क्रिकेटका पारस खड्का र सन्दीप लामिछाने, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की मनोनयनमा परेका छन् । 

त्यसैगरी, वर्षको उत्कृष्ट महिलातर्फ खेलाडीतर्फको मनोनयनमा ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ परेका छन् । 

युवा खेलाडीतर्फ क्रिकेटका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश सेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल मनोनयमा परेका छन् । 
वर्षको उत्कृष्ट प्रशिक्षकतर्फ क्रिकेटका जगत टमाटा र विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठ र बक्सिङका प्रकाश थपामगर मनोनयनमा परेका छन् । 

उत्कृष्ट पुरुष, महिला र प्रशिक्षकका उपाधि विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने युवातर्फको विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम चिनाउन मद्धत गर्ने खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीलगायत विभिन्न आठ विधामा उत्कृष्ट घोषित हुनेलाई आउने जेठ ३ मा भद्रकालीको आर्मी अफिसर्स क्लबमा अवार्ड वितरण गरिने आयोजकले जनाएको छ ।

स्पोर्टस अवार्डमा वर्षका उत्कृष्ट पुरुष, महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वइस अवार्डसँगै उत्कृष्ट पारा एथलिट, लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेसल अवार्ड गरी आठ विधामा अवार्ड प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook