आफ्नै प्रशंसा समेटिएको गीत आएपछि यसरी नाचे धमला (भिडियो)
- Posted: Monday, May 14, 2018 15:49 PM ( 5 years ago )
काठमाडौं, वैशाख ३१ – पत्रकार ऋषि धमलाको विषयमा एउटा लोकगीत तयार भएको छ ।
बबरमहलमा रहेको प्रिज्म रेकर्डिङ स्टुडियोमा गीत मिक्सिङको क्रममा शनिबार ऋषि धमला पनि स्टुडियोमा पुगेका थिए । यस क्रममा धमलाले आफ्नो बारेमा तयार पारिएको गीत सुनिसकेपछि आफ्नो काम र चर्चाको मूल्यांकन गरेर तयार पारिएको गीत र कामलाई सम्मान गर्ने बताए ।
उनले गीतका गायक–गायिका र लेखकलाई धन्यवादसमेत दिएका छन् । गीतलाई सञ्चारकर्मी तथा रचनाकार सन्तोष देउजाले लेखेका हुन् भने लय पनि उनैले भरेका छन् । चर्चित पत्रकार भएका कारण सन्तोषले ऋषिको बारेमा गीत तयार पारेको बताए । गीतमा राधिका हमाल र प्रदीप त्रिपाठीको आवाज रहेको छ ।
लेखक सन्तोष देउजाले गीतमा ऋषि धमलाको बारेमा राम्रा नराम्रा सबै कुराहरु समेटिएको बताए । गीतमा ऋषिका कमी–कमजोरीलाई नराम्रो पनि भनिएको छ भने राम्रो बानीलाई प्रशंसा गरिएको छ । नेपालमा ऋषि धमलाजस्तो पत्रकार अरु नभएका कारण आफूलाई ऋषिको विषयमा गीत लेख्न मन लागेको सन्तोषले बताए ।
यस गीतको म्युजिक भिडियोमा धमला नै हुनेछन् भने मोडलमा उनकी श्रीमती तथा अभिनेत्री एलिजा गौतम हुने सम्भावना बलियो छ । गीतमा एलिजाको बारेमा पनि केही कुराहरु छन् । त्यस कारण गीतमा ऋषिको अपोजिट एलिजा हुने सम्भावना धेरै नै छ । तर यतिबेला ऋषिको अपोजिट कसलाई राख्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...