Total Hits: 0

​स्कर्टिङमा हिँडेको प्रहरीमाथि आक्रमण गरेर नेकपाले आफ्ना कार्यकर्ता लग्यो

  • Posted: Monday, May 14, 2018 14:29 PM ( 4 years ago )

डोल्पा, वैशाख ३१ – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाका कार्यकर्ताहरुले प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरेका छन् ।

उनीहरुले नेपाल बन्दको सिलसिलामा आइतबार पक्राउ परेका नेतृत्वका नेकपा डोल्पाका कार्यकर्तालाई लैजान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरी सोमबार छुटाएर लगेका हुन् । 

नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने त्रिपुराकोट बगरबजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९, घर भएका नेकपाका जिल्ला सदस्य सागर शाहीलाई त्रिपुराकोट प्रहरीले पक्राउ गरेर राखेको थियो । 

सोमबार बिहानै त्रिपुराकोट प्रहरी चौकीबाट स्कर्टिङ गरेर सदस्य शाहीलाई जिल्ला प्रहरी कार्यालय दुनैतर्फ लगिंदै थियो । यसै क्रममा ठूलीभेरी नगरपालिका–९, अन्तर्गत पर्ने भेत्तिडाँडोमा नेकपाका जिल्ला इन्चार्ज अजित विष्टको नेतृत्वमा आएको पाँचजनाको समूहले प्रहरी हवलदार धनसिं कठायत र प्रहरी जवान जयलाल बस्नेतमाथि आक्रमण गरी छुटाएर लगेको प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले बताउनुभयो । 

आक्रमणबाट प्रहरी हवलदार कठायत र प्रहरी जवान बस्नेतलाई सामान्य चोट लागेको बताइएको छ । आक्रमणकारीलाइ छिटोभन्दा छिटो पक्राउ गर्नका लागि त्रिपुराकोट जुफाल, कालागौडा र दुनैबाट ३५ प्रहरी परिचालन गरिएको पनि प्रहरी नायव उपरीक्षक शर्माले जानकारी दिनुभयो । 

बन्दका क्रममा पक्राउ परेका सागर शाहीसहित विवश शाही र दिनेश सिंहलाई भने प्रहरीले आइतबार साँझ नै छोडिसकेको थियो । –रासस

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook