Total Hits: 0

मुख्यमन्त्री राउतको अभिव्यक्तिप्रति एमाले उपाध्यक्ष रावलको आपत्ति

  • Posted: Monday, May 14, 2018 12:15 PM ( 4 years ago )

काठमाडौं, वैशाख ३१ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिनु भएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले मुख्यमन्त्री राउतसँग यो अभिव्यक्ति तत्काल सच्याउन पनि गम्भिर ध्यानाकर्षण गराउनु भयो । जनकपुरमा भएको भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री राउतले ‘संविधानविरुद्ध संघर्ष’ गरिरहनु परेको अभिव्यक्ति दिनु भएको थियो । 

सो अभिव्यक्ति कूटनीतिक मर्यादासमेत उलंघन हुनेगरी आएको भन्दै उपाध्यक्ष रावलले तत्काल सच्याउन माग गर्नुभयो । 

उपाध्यक्ष रावलले मोदी भ्रमणका बेला सत्तारुढ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्ति पनि निन्दनीय भएको भन्दै आपत्ति जनाउनु भयो । मोदी नेपाल भ्रमणमा आएका बेला भारतीय सांसद आजादले ‘जनकपुर भारतमा फर्काउनु पर्छ’ भनेर ट्वीट गर्नु भएको थियो । आजादको यो टिप्पणी नेपालको स्वाभिमानविरुद्ध भएको भन्दै उपाध्यक्ष रावलले आपत्ति जनाउनु भएको हो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook