भोलिसम्म देशभरको मौसम यस्तै हुने, अब ट्वीटरबाटै मौसम अपडेट
- Posted: Monday, May 14, 2018 10:39 AM ( 3 years ago )
काठमाडौं, वैशाख ३१ – उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै झरी परेको छ । आज बेलुकीसम्म देशभरको मौसम बद्ली हुने मौसमविद्को अनुमान छ । वायू मण्डलको तल्लो सतहमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा पश्चिमीको वायुको प्रभावसँगै पूर्वी क्षेत्रबाट आएको हावाका कारण प्रि मनसुन सक्रिय हुँदा झरी परेको मौसमविद् मिनप्रसाद अर्यालले बताउनुभयो ।
दिउँसो केहिबेर मौसम खुले पनि फेरि बदली भई पानी पर्ने सम्भावना छ । मौसमविद् अर्यालका अनुसार मंगलबार पनि मौसम यस्तै रहने छ । मंगलबार बेलुकीदेखि भने पानी पर्न रोकिने अनुमान गरिएको छ । तर प्रि मनसुनको समय भएकाले स्थानीय वायूको प्रभावले पनि पानी पार्न सक्ने मौसमविद्ले बताएका छन् ।
अब ट्वीटरबाट पनि मौसम अपडेट
जल तथा मौसम पूर्वानुमान महाशाखाले अब सामाजिक सञ्जालमार्फत पनि मौसमसम्बन्धी जानकारी दिने भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत इन्टरनेट चलाउनेहरुले मौसमी जानकारी लिन सक्नेछन् । @DHM_Weather मा गएर मौसमबारे जानकारी लिन सकिने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...