Total Hits: 0

राष्ट्रिय भलिबल प्रतियोगितामा प्रदेश ७ र प्रदेश ४ बाहिरियो

  • Posted: Sunday, May 13, 2018 20:41 PM ( 3 years ago )

माधवकुमार ओली/उज्यालो।

रोल्पा, वैशाख ३० – रोल्पामा जारी प्रथम सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता पुरुषतर्फ आइतबारको खेलमा विभिन्न आठ क्लब क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

ती मध्ये त्रिभुवन आर्मी क्लब, प्रदेश नम्बर १, एपीएफ र नेपाल पुलिस क्लब  विजेताका रुपमा र प्रदेश २, ४, ५ र ६ उपविजेताका रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।

आइतबारको खेलमा प्रदेश ३ र ७ खेलबाट बाहिरिएका छन् भने प्रदेश ५ र ३ को खेलमा २५–१४, २५–१८, २३–२५ र २५–१९ को अंक लिएर प्रदेश ५ उपविजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै प्रदेश ४ र प्रदेश ७ को खेलमा २५–१४, २५–१६ र २५–१४ को फराकिलो अन्तरले सोझो सेटमा प्रदेश ४ ले जित हासिल ग¥यो । त्रिभूवन आर्मी क्लब र प्रदेश ५ को खेलमा २९–२७, २५–१७ र २५–१५ को सोझो सेटमा आर्मी क्लबले जित हासिल गर्दै विजेताको रुपमा क्वाटर फाइनल प्रवेश पायो । 

नेपाल प्रहरी क्लब र प्रदेश ४ को खेलमा २५–२३, २५–१६ र २५–१८ को सोझो सेटमा नेपाल प्रहरीले जित हासिल ग¥यो । आइतबारै भएको महिलातर्फको खेलबाट प्रदेश ४ र प्रदेश ७ बाहिरिएका छन् ।

महिलातर्फ त्रिभूवन आर्मी क्लब र प्रदेश ४ को खेलमा २५–१२, २५–८, २०–२५ र २५–१२ को अंकसहित त्रिभूवन आर्मी क्लब उपविजताको रुपमा क्वाटर फाइनल प्रवेश पाएको हो ।

प्रदेश ३ र प्रदेश ७ को खेलमा २५–२३, २५–२१, २५–१८ को सोझो सेटमा प्रदेश ३ ले उपविजेताको रुपमा स्थान बनायो । त्यस्तै एपिएपफ र त्रिभूवन आर्मी क्लबको खेलमा २५–१३, २५–१८, २५–११ अंकसहित एपिएफ सोझो सेटमा विजेता बनेको छ ।
 
पुलिस क्लब र प्रदेश ३ को खेलमा २५–७, २५–१०, २५–८ को फराकिलो अंकसहित सोझो सेटमा पुलिस क्लबले जित हासिल ग¥यो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook