Total Hits: 0

प्रधानमन्त्रीको ह्याण्डललाई हेला, पार्टी अध्यक्षको ह्याण्डललाई माया ?

  • Posted: Sunday, May 13, 2018 19:51 PM ( 4 years ago )

काठमाडौं, वैशाख ३० – विश्वका धेरै राष्ट्रप्रमुख तथा सरकार प्रमुख ट्विटर, फेसबुकलगायत सामाजिक सञ्जालमा सक्रिय छन् ।

उनीहरुले राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयमा आफ्ना विचार, भनाई तथा धारणा सामाजिक सञ्जालमा व्यक्त गर्ने गर्छन् । यस्तै, व्यक्तिगत घटनालाई पनि उनीहरु सामाजिक सञ्जालमार्फत नै शेयर गरिरहेका हुन्छन् । यो चलनलाई पछयाउँदै नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, सभामुख लगायत उच्च पदस्थ सरकारी अधिकारी सामाजिक सञ्जालमा सक्रिय छन् । 

आफ्नो मन्त्रालयका काम कारवाहीबारे नागरिकलाई जानकारी गराउन मन्त्रीका निजी मात्र मात्र होइन मन्त्रालयका आधिकारिक ट्विटर अकाउण्ट पनि  खोल्ने क्रम बढेको छ । 

नेपालका प्रधानमन्त्रीका लागि पनि आधिकारिक ट्वीटर ह्याण्डल @PM_nepal खोलिएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने नेपालका प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्याण्डललाई हेलाँ गर्दै आफ्नो व्यक्तिगत ट्विटर ह्याण्डल मात्र प्रयोग गरेको पाइएको छ ।

@PM_nepal ट्वीटर ह्याण्डल सुशिल कोइरालाको पालामा बनाइएको थियो । त्यसपछिका प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र शेरबहादुर देउवाले यही ह्याण्डलबाट ट्वीट गर्ने गर्नुभएको थियो । यो तर  ह्याण्डल प्रधानमन्त्री केपी शर्मा ओलीले भने प्रयोग गर्नुभएको छैन ।

यद्यपी, यो ह्याण्डलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर छ र उहाँ  प्रधानमन्त्री बनेको अपडेट गरिएको छ । सन् २०१७ को जुन ७ तारिखमा यो ह्याण्डलका त्यसअघिका ट्वीटहरु संग्रहित अर्थात ‘आर्काइभ्ड’ गरिएको छ । तर, नयाँ ट्वीट गरिएको छैन । 

तर प्रधानमन्त्रीको व्यक्तिगत ह्याण्डल @kpsharmaoli बाट भने नियमित रुपमा ट्वीट हुने गरेको छ । बायोमा ओलीको नाम र ‘नेपालका प्रधानमन्त्री तथा एमालेका अध्यक्ष’ लेखिएको छ । यो ह्याण्डलबाट सरकारका निर्णयमात्र होइन, माओवादी केन्द्र र माओवादीका अध्यक्ष प्रचण्डलाई लक्षित गरिएका ‘बतासे’ ट्वीट समेत हुने गरेका छन् । 

प्रधानमन्त्रीको आधिकारिक ह्याण्डल @PM_nepal सँगैको लिङ्क खोल्दा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेवसाइट opmcm.gov.np  खुल्छ भने @kpsharmaoli सँगैको लिङ्क खोल्दा एमाले पार्टीको आधिकारिक वेवसाइट cpnuml.org खुल्छ । हो, यहि ह्याण्डलबाट उहाँले प्रधानमन्त्रीका रुपमा आधिकारिक ट्वीट गरिरहनुभएको छ । 

कुन ह्याण्डलका कति फलोअर्स

प्रधानमन्त्रीको अफिसियल ट्विटर ह्याण्डल फलो गर्नेको सँख्या ३७० के अर्थात ३ लाख ७० हजार र यो ह्याण्डलबाट फलो गरिएका ह्याण्डलको सँख्या १४ छ ।

जसमा राप्रपाका अध्यक्ष कमल थापा, काँग्रेस उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उहाँका छोरा प्रकाश दाहाल, नेपाल प्रहरी, अमेरिकाका पुर्व राष्ट्रपति बाराक ओबामा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतमा रहेको नेपाली दुतावास लगायत छन् । 

एमाले अध्यक्ष के पी शर्मा  ओलीको ह्याण्डललाई २९६ के अर्थात २ लाख ९६ हजार जनाले फलो गरेका छन् । यो ह्याण्डलबाट ३७ वटा ह्याण्डललाई फलो गरिएको छ । जसमा नेताहरु, विभिन्न सञ्चारमाध्यम, पत्रकार, तथा अन्तराष्ट्रिय ब्यक्तित्वहरु छन् । बाराक ओबामा र नरेन्द्र मोदीको ह्याण्डललाई भने दुवै ह्याण्डलबाट फलो गरिएको छ । 

अन्तराष्ट्रिय अभ्यास कस्तो छ 

अन्तराष्ट्रिय रुपमा सार्वजनिक पदमा पुगेका व्यक्तिहरुले आफ्ना निजी र अफिसियल ह्याण्डललाई बराबरीजस्तो प्रयोग गरेको पाइन्छ । ट्विटर धेरै र व्यवस्थित रुपमा चलाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायतका पनि अफिसियल र ब्यक्तिगत दुईवटा ह्याण्डल छन् । उनीहरुले दुईवटै ह्याण्डललाई समान रुपमा प्रयोग गर्छन् । 

कुनै राष्ट्रपति र प्रधामन्त्रीले सरकारसँग सम्बन्धित जानकारीहरु प्रधानमन्त्री वा राष्ट्रपतिको अफिसियल ह्याण्डलबाट र पार्टी तथा व्यक्तिगत जानकारी आफ्नो व्यक्तिगत ह्याण्डिलबाट ट्वीट गर्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook