Total Hits: 0

​आईपीएलमा कोलकाताले बनायो सिजनकै सर्वाधिक रन, पञ्जाव पराजित

  • Posted: Saturday, May 12, 2018 20:45 PM ( 3 years ago )

वैशाख २९ – आर्इपीएल  क्रिकेटमा कोलकाता नाइटराइडर्सले किङ्स इलाभेन पञ्जावलाई ३१ रनले हराउँदै महत्वपुर्ण २ अंक थपेको छ ।

२ सय ४६ रनको ठुलो लक्ष्य पाएको पञ्जाबले ८ विकेट गुमाउँदै २ सय १४ रनमात्र बनाएपछि कोलकाता ३१ रनले विजयी भएको हो । पञ्जावका लागि लोकेश राहुल र रविचन्द्रन आश्विनले क्रमश ६६ र ४५ रन बनाउँदै विष्फोटक ब्याटिङ गरेपनि टीमलाई जिताउन सकेनन् । लोकेशले २९ बलमा ७ छक्का र २ चौकाको मद्दतमा ६६ र आश्विनले २२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४५ रन बनाएका थिए ।

एरोन फिन्चले २० बलमा ३४ रन बनाएपनि पञ्जावको जीतका लागि पर्याप्त भएन । पहिले ब्याटिङ गरेको कोलकाताका सुनिल नाराइनले ३६ बलमा ७५ तथा कप्तान दिनेश कार्तिकले २३ बलमा ५० र आन्द्रे रसेलले १४ बलमा ३१ रन बनाएका थिए । सुनिलले ९ चौका र ४ छक्का प्रहार गरे भने कार्तिकले ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै रसेलले २ चौका र ३ छक्का हाने । पञ्जाबका लागि एण्डयु टाइले ४ विकेट लिए । 

जीतपछि कोलकाता १२ खेलबाट १२ अंक सहित  तालिकाको चौथो स्थानमा छ भने ११ खेलबाट १२ अंक बनाएको पञ्जाव तालिकाको तेश्रो स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook