Total Hits: 0

राजनीतिको स्वरुप परिवर्तन भयो, बन्द, हडताल गर्नुपर्दैन : कांग्रेस प्रवक्ता शर्मा

  • Posted: Saturday, May 12, 2018 20:07 PM ( 4 years ago )

झापा, वैशाख २९ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीतिको स्वरुप परिवर्तन भएको बताउनुभएको छ । 

उहाँले आफ्ना राजनीतिक माग पूरा गराउन अब सडकमा टायर बाल्ने, कालो झण्डा देखाउनेदेखि नारा जुलुस गरेर बन्द हडताल गर्ने दिनको अन्त्य भएको जिकिर गर्नुभयो । 

झापाको दमकमा बिपी अध्ययन प्रतिष्ठान झापा र युथ नेटवर्कले आज आयोजना गरेको ‘राजनीतिक संस्कार र हाम्रो युवा नेतृत्व’ विषयक अन्तरसंवादमा प्रवक्ता शर्माले अब जनताले अधिकारका लागि आन्दोलित हुनुपर्ने अवस्था सधैँका लागि अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले राजनीतिक संस्कार विस्तारै परिवर्तनतर्फ उन्मुख भएकाले अब राजनीतिमा युवाको नेतृत्वको खाँचो रहेको बताउनुभयो । 

उहाँले राजनीतिमा युवाको अग्रता, अगुवाइबिना मुलुकले परिवर्तन प्राप्त नसक्ने हुँदा युवाले असल राजनीतिक संस्कारलाई जोड दिनुपर्छ भन्नुभयो । 

प्रवक्ता शर्माले प्रजातन्त्र, लोकतन्त्र नारा जुलुस गर्न पाउनुमात्र नभएर नागरिकले मौन रुपमा राखेका मागलाई भने राज्यले उचित सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

अन्तरसंवादमा सहभागी युवाले युवा नेता शर्मासँग विभिन्न जिज्ञासासमेत राख्नुभएको प्रतिष्ठानका जिल्ला अध्यक्ष नवीन ढुंगानाले बताउनुभयो ।

–रासस 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook