कुकुरको टोकाइले भाले रेडपाण्डा मर्याे
- Posted: Saturday, May 12, 2018 19:39 PM ( 3 years ago )
सुजता सुनुवार/उज्यालो ।
इलाम, वैशाख २९ – इलाममा दुईवटा कुकुरको टोकाइले भाले रेडपाण्डा मरेको छ ।
रेडपाण्डालाई जिल्लाको इलाम नगरपालिका वडा नम्बर–३, पुवामझुवाको ओराले चौर भन्ने ठाउँमा शुक्रबार दुईवटा कुकुरले शिकार गरिरहेको अवस्थामा फेला पारिएको स्थानीयबासिन्दाले बताएका छन् ।
उद्धार गरिएको केही समय पश्चात नै रेडपाण्डा मरेको वडा नम्बर–३, का वडाध्यक्ष तिर्थ गुरुङ्गले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कुकुरले शिकार गरिरहेको अवस्थामा फेला पारिएको यो अनौठो जनावर रेडपाण्डालाई गहिरो चोट लागेको छ भन्ने सोचेनौं । र यो विश्वकै दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (हाब्रे) हो भनेर समेत चिनेनौं ।’
घाँस काट्न जाँदै गर्दा स्थानीय डिम्बाकुमारी गुरुङ्गले कुकुरले शिकार गरिरहेको देखेपछि उद्धार गरेर खबर गरेको जनाइएको छ । त्यसपछि जिल्ला वन कार्यलयमा जानकारी गराइएको वडाध्यक्ष गुरुङ्गको भनाई छ ।
जिल्ला वन कार्यालय र रेडपाण्डा संरक्षणमा काम गरिरहेको उच्च पहाडी जडिबुटी उत्पादक संस्थाका प्रतिनिधिको सहयोगमा मरेको रेडपाण्डालाई सदरमुकाम ल्याइएको हो । जिल्ला पशु कार्यालय इलाममा रेपान्डाको पोस्टमार्टम गरिएको छ ।
पोस्टमार्टमका क्रममा घाँटीमा, अगाडि र पछाडिको खुट्टामा गहिरो चोट लागेको र फोक्सोमा समेत असर परेको देखिएको सहायक जिल्ला वन अधिकृत अमर मण्डलले जानकारी दिनुभयो ।
रेडपाण्डा नेटवर्कको अध्ययनले नेपालको २३ जिल्लामा रेडपाण्डा पाइने देखाएको छ । लजालु र सोझो प्रकृतिको दुर्लभ रेडपाण्डा सामान्यतया २२ सय मिटरदेखि ४५ सय मिटरको उचाईमा पाइने अध्ययनमा देखिएको छ ।
नेपालमा तीन सय पचासको संख्यामा रहेका रेडपाण्डा इलामको जमुना, माइपोखरी, जोगमाई, माइमझुवा र माबुमा मात्र पाइने उच्च पहाडी जडिबुटी उत्पादक संस्थाले जनाएको छ ।
कुकुरले शिकार गरिरहेको अवस्थामा भेटिएपछि भने रेड पाण्डा १७ सय मिटरको उचाईमा रहेको पुवामझुवामा समेत पाइन्छ भन्ने तथ्य खुलेको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...