Total Hits: 0

​रोल्पाले खेलकुदको माध्यमबाट एकता, सद्भाव र शान्तिकाे सन्देश दिनुपर्छ – सभामुख महरा

  • Posted: Saturday, May 12, 2018 19:27 PM ( 4 years ago )

रोल्पा, वैशाख २९ – सभामुख कृष्णबहादुर महराले रोल्पाबाट अब एकता, सद्भाव र शान्तिको सन्देश दिनुपर्ने बताउनुभएको छ ।

शनिबार रोल्पाको लिबाङमा प्रथम सभामुखकप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै सभामुख महराले यस्तो बताउनुभएको हो ।
सभामुख महराले विगतमा राजनीतिक परिवर्तनको नेतृत्व गरेको रोल्पामा अब एकता, सद्भाव र शान्तिको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

‘रोल्पाले विगतमा ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको थियो’, सभामुख महराले भन्नुभयो, ‘अब खेलकुदका माध्यमबाट एकता, सद्भाव र शान्तिको सन्देश यही रोल्पाबाटै दिनुपर्छ ।’

सभामुख कप खेलकूद प्रतियोगिता पहिलो पटक आयोजना भएको भन्दै सभामुख महराले रोल्पामा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता पनि पहिलोपटक भएकोमा खुशी व्यक्त गर्नुभयो । 

खेलकुद विशुद्ध मनोरञ्जन र शारिरीक कसरत मात्रै नभएको भन्दै सभामुख महराले खेलकुदले नेपालीहरुलाई जोड्नुका साथै देशको पहिचान विश्वमै फैलाउने क्षेत्र रहेको बताउनुभयो । 

‘खेलकुद विशुद्ध मनोरञ्जन र कसरत मात्रै होइन’, उहाँले भन्नुभयो, ‘खेलकूदले नेपाली–नेपालीबीच एकताको पुलको काम गर्नुका साथै विश्व समुदायमा देशको पहिचान बनाउँछ ।’ 
नेपाललाई समृद्ध बनाउन खेलकूद क्षेत्रको विकास अपरिहार्य भएकोतर्फ जोड दिँदै सभामुख महराले गाउँ–गाउँ, नगर–शहर र जिल्ला–जिल्लामा खेलकुद मैदानहरु बनाउन राज्यस्तरबाटै पहल गर्नुपर्ने बताउनुभयो ।

विद्यार्थीकालमा आफूहरुको खेलकूद मैदान मकैबारी भएको स्मरण गर्दै सभामुख महराले अहिले जिल्लाका प्रायजसो विद्यालयहरुमा खेल मैदानहरु भएको र रंगशाला निर्माण गर्न सकिने प्रशस्त सम्भावना भएका ठाउँहरु रहेको बताउनुभयो ।

देशैभरिबाट रोल्पा पुगेका खेलाडीहरुलाई सम्बोधन गर्दै महराले भन्नुभयो, ‘तपाईंहरु सातवटै प्रदेशबाट रोल्पा आउनुभएको छ, विगतमा राजनीतिक परिवर्तनमा निकै योगदान गरेको रोल्पाले आज खेलकुदका माध्यामबाट एकता र शान्तिको सन्देश दिँदैछ, यही सन्देश देशभर फैलाउनुहोस् ।’

कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेले खेलकुद क्षेत्रले महिलाहरुलाई राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय जगतमा स्थापित बनाएको बताउनुभयो ।
‘खेलकुद क्षेत्रले नेपाली महिलाहरुलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराएको छ’, उपसभामुख तुम्बाहाम्फेले भन्नुभयो, ‘महिला खेलाडीहरुको प्रेरणाले नेपाली महिलाहरुको सशक्तिकरण र अधिकारका पक्षमा लाग्न थप प्रेरित गरेको छ ।’ 

राष्ट्रिय खेलकूद परिषद्ले आयोजना गरेको सभामुख कप भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ अलग–अलग गरी ७ प्रदेशका १४ टोली, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोलीतर्फ महिला र पुरुषका अलग–अलग गरी ६ टोली सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook