Total Hits: 0

डिफेण्डिङ च्याम्पियन चेल्सी च्याम्पियन्स लिगको धरमरमा, के हुनुपर्छ चेल्सी छानिन ?

  • Posted: Saturday, May 12, 2018 18:54 PM ( 3 years ago )

वैशाख २९ – इंङलिस प्रिमियर लिगको यो सिजनको उपाधिको छिनोफानो भइसकेको छ ।

म्यान्चेष्टर सिटी विजेता र म्यान्चेष्टर युनाइटेड उपविजेता बन्ने तय भइसक्दा प्रतियोगिताको चौथो नम्बरमा कुन टिम रहला भन्ने उत्सुकता च्याम्पियन्स लिगको सबैभन्दा रोचक पक्ष बनेको छ ।

प्रतियोगितामा सबै क्लबले ३७ खेल खेलिसकेकाले अब हरेकले एक एक खेल मात्र खेल्न बाँकी छ । यस्तो बेलामा चेल्सी र लिभरपूलमध्ये एक क्लब र उसका समर्थक निराश हुनुपर्नेछ । किनभने यी दुईमध्ये एक क्लबमात्र शिर्ष ४ मा अटाउनेछन् र शिर्ष ४ मा रहने टोलीले यसपटकको च्याम्पियन्स लिग खेल्न पाउनेछन् । 
चेल्सी अन्तिम ४ मा अटाएन भने उसका लागि थप लाजमर्दो हुनेछ किनभने उ अघिल्लो संस्करणको विजेता टोली हो । 

पाँचौ स्थानमा रहने क्लब युरोपा लिगका लागि छनौट हुन्छ । गएको बुधबार राति भएको खेलमा चेल्सी हडर्सफिल्डसँग बराबरी खेल्दै १ अंकमात्र जोड्न सकेकाले ७० अंकसहित पाँचौं स्थानमै छ । 

अंक तालिकाको शिर्ष २ मा रहेका क्लबको कुरै भएन । चेल्सीभन्दा अगाडि अरु दुईवटा क्लबहरु टोटनह्याम र लिभरपुल छन् । तेश्रो स्थानमा रहेको टोटनह्यामको ७४ अंक छ भने लिभरपूलको ७२ । टोटनह्याम अबको खेल हारेपनि शिर्ष ४ मा अटाउने पक्कापक्की छ । 

त्यसैले लिभरपुल र चेल्सीको अवस्था रोचक बनेको हो । यद्यपी, चेल्सीभन्दा लिभरपुलको अवस्था राम्रो छ । किनभने अबको खेल जितेमा लिभरपुल अन्तिम ४ मा अटाउनेछ । तर चेल्सीलाई जितेर मात्र पुग्दैन, लिभरपुलले हार्नु पनि पर्छ । 

आइतबार प्रतियोगिताको आफ्नो अन्तिम खेलमा चेल्सीले न्यूक्यासलसँग र लिभरपुलले ब्राइटनसँग खेल्दैछन् । जसले यस सिजनको च्याम्पियन्स लिग पुग्ने नपुग्ने दुवै टोलीको भाग्य फैसला गर्नेछ । अन्तिम खेल जिते चेल्सीको ७३ अंक पुग्नेछ । लिभरपुलले जिते उसको ७५ अंक हुनेछ । 

लिभरपुल बराबरीमा रोकिए र चेल्सीले जितेमा दुवैको अंक बराबरी हुनेछ । लिभरपुलले हारेमा र चेल्सीले जितेमा भने चेल्सी चौथो स्थानमा पुग्न सफल हुनेछ । तर चेल्सी बराबरीमा रोकिए उसलाई त्यसको कुनै अर्थ हुने छैन । 

ब्राइटनसँग बराबरीमा रोकिए लिभरपुलले ७३ अंक बनाउनेछ । लिभपरपुल बराबरीमा रोकिए र चेल्सीले जिते दुवैको बराबरी अर्थात ७३ अंक हुनेछ । चेल्सी र लिभरपुल गोल अन्तरका आधारमा चौथो र पाँचौं स्थानमा रहनेछन् । 

अन्तिम खेल बाँकी हुँदा चेल्सीले ६२ गोल गरेको छ भने ३५ गोल खाएको छ । त्यस्तै, लिभरपुलले ८० गोल गरेको छ भने ३८ गोल खाएको छ । 
ब्राइटन र लिभरपुलले गोलरहित बराबरी खेलेको र चेल्सी विजयी भएको खण्डमा लिभरपुल कै सम्भावना धेरै छ किनकी लिभरपुललाई उछिन्न चेल्सीले न्यूकासललाई कम्तीमा पनि १६ गोलले हराउनुपर्नेछ । यस्तो हुन कि त अचम्मै हुनुपर्नेछ कि त फिक्सिङ । 

चेल्सी छनोट हुनसक्ने अर्को सम्भावना 

प्रिमियर लिगमा चेल्सी पाँचौ स्थानमै रह्यो भने पनि ऊ च्याम्पियन्स लिगमा छनोट हुन सक्नेछ । यो सम्भावनाको टुंगो भने मे २७ तारिखमा हुने च्याम्पियन्स लिगको फाइनल खेलले तय गर्नेछ । फाइनलमा रियल मड्रिडलाई हराएर लिभरपुल च्याम्पियन बनेमा चेल्सी पाँचौ नम्बरमा रहेर पनि च्याम्पियन्स लिगका लागि छनोट हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook