पानी नभएको खोलामा करोडौंको ड्याम
- Posted: Saturday, May 12, 2018 14:34 PM ( 5 years ago )
शुभनारायण यादव/उज्यालो ।
सप्तरी, वैशाख २९ – सप्तरीको रुपनी गाउँपालिकामा रहेको दुधैला खोलामा करोडौं लगानीको हेड ड्याम निर्माण गरिएको छ ।
वर्षमा पानी पर्दा मात्र पानीको सतह देखिने दुधौली खोलमा सिँचाइ डिभिजन कार्यालय सप्तरीले उपलब्धिविहीन करोडौ वजेट लगानीमा ड्या निर्माण गर्न काम अगाडि बढाएको छ ।
करोडौं खर्च गरेर भौतिक संरचनाहरु निर्माण भए पनि पानीको स्थायी श्रोत नहुँदा व्यर्थको बजेट मात्र खर्च हुने निश्चित रहेको नेपाली कांग्रेस रुपनी गाउँपालिका वडा नम्बर–६, का अध्यक्ष प्रमानन्द चौधरीले जानकारी दिनुभयो ।
दूधैला खोलामा सेक्टर प्लानका निम्ती हेड ड्याम निर्माणका गर्न आएको बजेटलाई जसरी भए पनी तह लगाउने नियतले सिँचाइ डिभिजन कार्यालय सप्तरीदेखि जनप्रतिनिधिहरु समेत लागि परेको चौधरीले आरोप लगाएका छन ।
रुपनी गाउँपालिका वडा नम्बर–६, का स्थानीय पूर्व प्रोफेसर वसन्त बिश्वकर्माले योजना सञ्चालनमा ल्याउनु खुशीको कुरा भए पनि योजनाले सिमित केही व्यक्तिहरु मोटाउने बाहेक खासै उपलब्धि नहुने बताउनुभयो ।
सिँचाइ डिभिजनका कर्मचारी, उपभोक्ता समिति, ठेगेदार र यससँग संग्लग्न व्यक्तिहरु बाहेक यस योजनाबाट नागरिकले लाभ लिन नसक्ने उहाँको आरोप छ ।
साविक तेरहौता गाविसका उपाध्यक्ष बद्री सरदारले २०५४ सालमा १ करोड बजेट खर्च गरेर वनेको संरचना असफल सावित भई सकेको जानकारी दिँदै बर्सेनी पटक—पटक त्यसै योजना अनुसार बजेट लगानी गर्नु भनेको बालुवामा पानी हाले सरह हुने बताउनुभयो ।
मोटो रकम देखेर आर्थिक प्रलोभनमा नियम विपरित वडा अध्यक्ष गोविन्द सिंह थापा आफै उपभोक्ता समितिको अध्यक्ष बनेको भन्दै उहाँको आलोचना भएको छ ।
दूधेला खोला सिँचाइ योजना जल उपभोक्ता संस्था तेरहौता सीतापुरका अध्यक्ष समेत रहेका रुपनी गाउँपालिका वडा नम्बर–६, का वडा अध्यक्ष थापाले आफू पहिलेदेखि नै त्यस योजनाको अध्यक्ष रहेको जानकारी दिनुभयो ।
पछिलो पटक समेत उपभोक्त समिति निर्माण गर्ने क्रममा आफूलाई नै नागरिकले समर्थन गरेकोले वाध्य भएर आफू योजनाको अध्यक्ष भएको जानकारी दिनुभयो । यसबारे सिँचाइ डिभिजन कार्यालय सप्तरीका प्रमुख इञ्जिनियर रामकुमार खंगले योजनाले बहुसङ्ख्याक किसानहरुले सिँचाइको सुविधा पाउने दावी गर्नुभयो । खोलामा पानीको श्रोत नभएको भन्ने कुरा निराधार रहेको बताउँदै उहाँले आफ्ू माथि लगाएका आरोपहरुमा सत्यता नरहेको प्रतिक्रिया दिनुभयो ।
यसअघि समेत सिँचाइ जलउपभोक्ता संस्था र सिँचाइ डिभिजन कार्यालयका कर्मचारीको मिलोमतोमा पानी नै नआउने कुलो खनेको भन्दै स्थानियबासिन्दाले विरोध गरेका थिए । यस सिँचाइ योजनामा २०५४ सालमा १ करोड लगानी भएको थियो ।
०५४ पछि वर्षैपिच्छे लाखौ खर्च हुँदै आएको यो योजनामा यस वर्षको चालु आवमा समेत ६० लाख रुपौँभन्दा बढी रकम खर्च भैसकेको छ । लाखौं खर्च भए पनि अझै सिँचाइ योजनाको काम पुरा भएको छैन ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...