Total Hits: 0

फ्लोरमा ‘छक्का पञ्जा ३’, हुनेछन् पुष्प खड्का पनि

  • Posted: Saturday, May 12, 2018 07:27 AM ( 5 years ago )

काठमाडौं, वैशाख २९ – दीपाश्री निरौलाको तेस्रो निर्देशनमा बन्न लागेको सिनेमा ‘छक्का पञ्जा ३’ शुक्रबारदेखि फ्लोरमा गएको छ ।

शुक्रबार बिहान भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजाआजासहित एक कार्यक्रमको आयोजना गरेर सिनेमाको शुभमुहुर्त गरिएको छ । कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष संदीप सापकोटा, वितरक गोपालकाजी कायस्थ, नरेन्द्र महर्जनलगायतले सिनेमालाई सफलताको शुभकामना दिएका थिए ।

यस सिनेमामा दीपकराज गिरी, दीपिका प्रसाईँ,  जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह,  किरण केसी,  शिवहरि पौडेल, जयनन्द लामा, अनुराग क्वँर,  शारदा गिरी,  वसन्त भट्ट, पुष्प खड्का र साथमा प्रियंका कार्कीको अभियन रहेको छ । 

आमा सरस्वती मुभिज प्रालि तथा आईएमईको प्रस्तुति ‘छक्का पञ्जा ३’ का कार्यकारी निर्माता जितु नेपाल र केदारप्रसाद घिमिरे हुन् । सिनेमाका निर्माताका रुपमा  सुमन गिरी भान्जा,  किरण कसी,  शिवहरि पौडेल, पुरुषोत्तम प्रधान,  तारा चन्द्र बजगाईँ, दीपेन्द्र खनिया र केशव न्यौपाने  छन् ।

अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहने यस सिनेमामा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, विजय बस्याल र सानथापा(टौवाक्रियशन)को पब्लिसिटी डिजाइन, पुरुषोत्तम प्रधानको छायाकंन रहनेछ । 

दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठको सम्वाद रहने यस सिनेमामा दीपकराज गिरीको कथारहनेछ । यो सिनेमालाई आईएमई, टाटा नेक्सन र हरपल चामलले स्पोन्सर गरेको छ । 

सिनेमामा डिजाइनर रोजिना श्रेष्ठले कस्ट्युम डिजाइनरको रुपमा काम गर्दैछिन् । 

यसअघि आमा सरस्वती मुभिजले ६ एकान ६, वडा नम्बर ६, छक्का पञ्जा र छक्का पञ्जा २ जस्ता सफल सिनेमा निर्माण गरिसकेको छ । सिनेमा ‘छक्का पञ्जा’ नेपाली सिनेमाको इतिहासमै सबैभन्दा धेरे रेकर्ड राख्ने सिनेमा बनेको छ । ‘छक्का पञ्जा ३’फूलपातीको अवसर पारेर प्रदर्शनमा आउँदैछ ।

उज्यालाे र गफगाफ डट कमकाे सहकार्यमा

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook