केश मुण्डन गर्ने महिला सेलिब्रेटी
- Posted: Saturday, May 12, 2018 07:16 AM ( 3 years ago )
काठमाडौं, वैशाख २९ –अभिनेत्री दीपाशिखा खड्काले हालै मात्र केश मुण्डन गरेको तस्बिर सार्वजनिक भएको छ ।
आफै लगानी गरेर सिनेमा ‘प्रेमलीला’ बनाइरहेकी अभिनेत्री दीपशिखाले कपाल मुण्डन गर्नुको कारण भने खुलाएकी छैनन् । सिनेमाको छायाकंन चल्दै गर्दा उनले कपाल खौरिएकी हुन् । यस हिसाबले भने हामी उनले सिनेमाकै लागि कपाल खौरिएको बुझ्न सक्छौँ । यो सिनेमामा कथा समेत उनकै छ ।
त्यसो त यसरी कपाल मुण्डन गर्ने दीपाशिखा पहिलो महिला सेलिब्रेटी हैनन् । यसअघि पनि केही अभिनेत्री र गायिकाले केश मुण्डन गरेका छन् । अभिनेत्री निशा अधिकारीले रहरै रहरले दुई पटक केश मुण्डन गरेकी छिन् भने उता अभिनेत्री मनिषा कोइरालाले क्यान्सर भएपछि बाध्यताले ।
निशाले दुईपटक मुण्डन गरिन्
अभिनेत्री निशा अधिकारी यतिबेला आमा बन्ने तरखरमा छन् । गर्भवती भएपछि अमेरिका हान्निएकी निशा अमेरिकामै आमा बन्ने तयारीमा छिन् । झण्डै तीनवर्ष अघि पहिलो पटक केश मुण्डन गरेकी निशाले यस पटक फेरि मुडुलो हुन मन लागेर केश मुण्डन गरेकी छिन् ।
केश मुण्डन गरेपछि उनले भनेकी छिन्, ‘कपाल होस् या नहोस् । लामो होस् या छोटो होस् । रंग्याएको होस् या नहोस् मलाई फेरि मुडुलो हुन मन लाग्यो । एक पटक होइन दुई पटक भएँ । मलाई मेरो बाबाआमाले माया गर्नुहुन्छ । मेरो श्रीमान्ले मलाई कपालबिना पनि राम्री देख्नुहुन्छ ।’
निशाले किक्रेटर शरद भेस्वाकरसँग केहीमहिना अघि मात्रै लगन गाँठो कसेकीहुन् । उनी विवाहलगत्तै आमा बन्ने तयारीमा छिन् ।
क्यान्सरका कारण मनिषा भइन् मुडुलो
अर्की अभिनेत्री मनिषा कोइराला पनि पूर्ण रुपमा मुडुलो हुने महिला कलाकारमा पर्छिन् । ६ वर्षअघि मनिषालाई क्यान्सरका कारण मुडुलो बन्नु परेको थियो । उनले शरीरमा किमो चढाएपछि हल्का कपाल झर्दै गएका कारण पछि पूर्ण रुपमा मुडुलो नै बनाएकी थिइन् । क्यान्सर निको भएपछि भने मनिषाको कपाल बिस्तारै पलाउँदै गएको छ ।
कलाकारको लागि मनिषा पोखरेलले खौरिइन् कपाल
यस्तै गायिका मनिषा पोखरेलले कलाकारको उज्वल भविष्यको लागि भन्दै केही वर्षअघि केश मुण्डन गरेकी थिइन् । उनले देशमा शान्ति र सम्पूर्ण कलाकारप्रति समर्पित गरेकी हुँ भन्दै केश मुण्डन गरेको बताएकी थिइन् ।
त्यसबखत कलाकारिताको सम्पूर्ण विधाले उनको यो कदमलाई समर्थन गरेको थियो । नेपाली गीत संगीतमा जमेकी मनिषाले केही हिन्दी गीतसमेत गाएकी छिन् ।
उज्यालाे र गफगाफ डट कमकाे सहकार्यमा
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...