Total Hits: 0

मनाङलाई हराउँदै पुलिसले चुम्यो दमक गोल्डकपको उपाधि

  • Posted: Friday, May 11, 2018 20:43 PM ( 3 years ago )

झापा, वैशाख २८ –झापाको दमकमा सञ्चालित दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । 

आज भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । 
उपाधिसँगै पुलिसले १३ लाख ११ हजार रुपैयाँ प्राप्त ग¥यो । उपविजेता मनाङले ६ लाख ११ हजार रुपैयाँमा चित्त बुझाउनुप¥यो । फाइनल खेलमा पुलिसका रेजिन सुब्बाले ८८ औँ मिनेटमा हेडमार्फत गोल गरे । 

प्रतियोगितामा उत्कृष्ट डिफेण्डरमा पुलिसका सन्तोष हेमरम, उत्कृष्ट मिडफिल्डरमा मनाङका सुजल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, उत्कृष्ट फर्वाड पुलिसका रेजिन सुब्बा, सर्वाधिक गोलकर्ताको पुरस्कार संयुक्तरुपमा तीन÷तीन गोलकर्ता आर्मीका नवयुग श्रेष्ठ, मदन भण्डारी स्पोर्टस् एकेडेमीका विदेशी खेलाडी म्याक्स अलावाले र एपिएफका हरि कार्की घोषित भए । उनीहरुले जनही रु २५ हजार र ट्रफी प्राप्त गर्नुभएको थियो । 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी पुलिसका गोलकिपर किरण चेम्जोङ घोषित हुँदै मोटरसाइकल प्राप्त गरे । 

यही वैशाख १९ गतेदेखि सुरु भएको प्रतियोगिता दमक नगरपालिकाले आयोजना गरेको हो । गोल्डकपमा आयोजकसहित १० टिमको सहभागिता रहेको प्रचारप्रसार संयोजक चन्द्र खत्रीले जानकारी दिए । उपाधि विजेता टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले नगद, ट्रफी र प्रमाणपत्र वितरण गर्नुभएको थियो । –रासस

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook