Total Hits: 0

भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा

  • Posted: Friday, May 11, 2018 15:45 PM ( 4 years ago )

काठमाडौं, वैशाख २८ – नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुग्नुभएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उहाँलाई स्वागत गर्नुभयो । 

काठमाडौंमा रहँदा भारतीय प्रधानमन्त्री मोदीले उच्चस्तरीय भेटवार्ता गर्नुहुनेछ भने शनिबार बिहान मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम छ । काठमाडौं महानगरपालिकाले उहाँलाई नागरिक अभिनन्दन गर्नेछ । 

भारतीय प्रधानमन्त्री मोदी एयर इन्डियाको विशेष विमानबाट जनकपुरका कार्यक्रम सकेर पूर्व निर्धारित समयभन्दा झण्डै दुई घण्टापछि काठमाडौं आइपुग्नुभएको हो ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आजै केही बेरमै सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ् अनर प्रदान गरिनेछ । त्यसपछि उपराष्ट्रपतिको कार्यालय बहादुरभवनमा उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेटवार्ता  हुनेछ । 

त्यसपछि मोदीले शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।  होटेल द्वारिकाजमै प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक्लाएक्लै भेटवार्ता हुनेछ ।  त्यस्तै नेपाल र भारतका प्रतिनिधिमण्डलबीच छलफल हुनेछ । भारतीय प्रधानमन्त्रीले आजै नेपालका पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम हुनेछ ।

आजै प्रधानमन्त्री केपी ओलीसँग संयुक्त रुपमा अरुण तेश्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook