Total Hits: 0

​बिहारका सांसदको विवादित ट्वीट : प्रधानमन्त्री मोदीजी जनकपुरलाई समेटेर मिथिला राज्य गठन गर्नुस्

  • Posted: Friday, May 11, 2018 15:04 PM ( 4 years ago )

वैशाख २८ – भारतीय लोकसभाका सदस्य कीर्ति आजादले नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मिथिला राज्य गठन गर्न आग्रह गरेका छन् । 

 

उनले ट्विटरमा मोदीलाई मेन्सन गर्दै मिथिलाको राजधानी जनकपुरधाममा स्वागत गर्दै जनकपुरलाई समेटेर मिथिला राज्य गर्न माग गरेका छन् । उनी लेख्छन्, ‘आदरणीय नरेन्द्र मोदीजी तपाईँलाई मिथिलाको राजधानी जनकपुरधाममा स्वागत छ । दुई सय वर्ष पहिले अंग्रेज तथा नेपालबीच भएको सन्धि अनुसार मिथिला क्षेत्र नेपाललाई दिइएको थियो । त्यो सन्धि समाप्त भएको छ । अनुरोध छ कि माता सीताको आदर गर्दै यसलाई फिर्ता लिँदै मिथिला राज्यको गठन गर्नुहोस् ।’

कीर्ति आजाद दरभंगाबाट निर्वाचित लोकसभा सदस्य हुन् । उनी सन् २०१४ मा भएको लोकसभामा भारतीय जनता पार्टीबाटै निर्वाचित भएका थिए । तर सन् २०१५ डिसेम्बर २३ मा केन्द्रीय अर्थमन्त्री अरुण जेटलीविरुद्ध दिल्ली एण्ड् दिल्ली डिस्ट्रिक्ट क्रिकेट एसोसियसनमा भ्रष्टाचार गरेको आरोप लगाएपछि उनलाई पार्टीबाट निष्काशित गरिएको थियो । 

उनी पहिले दिल्लीको गोलमार्केट क्षेत्रबाट विधानसभा सदस्य रहेका थिए । उनी भारतीय क्रिकेट टिमका पूर्व सदस्य पनि हुन् । उनले सन् १९८० देखि १९८६ सम्म भारतबाट ७ टेष्ट खेल र २५ एकदिवसीय खेल खेलेका छन् ।

कीर्ति आजाद बिहारका  पूर्वमुख्यमन्त्री भागवत झा आजादका छोरासमेत हुन् ।  उनको यो विवादित ट्वीटपछि धेरै नेपाली ट्विटर प्रयोगकर्ताले सुगौली सन्धिमा नेपालले गुमाएका अन्य भूभागसमेत फिर्ता गर्न चुनौति दिएका छन् । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook