‘दंगल गर्ल’ जायरा वसीम डिप्रेशनमा, भनिन् : आत्महत्या गर्ने सोच आउँछ
- Posted: Friday, May 11, 2018 14:33 PM ( 5 years ago )
वैशाख २८ – फिल्म ‘दंगल’ तथा सिक्रेट सुपरस्टार जस्ता सुपरहिट फिल्मबाट चर्चामा आएकी जायरा वसीमले उनको बाल्यकालदेखिको बिमारी बारेमा खुलासा गरेकी छिन् ।
उनले आफू बाल्यकाल देखिनै डिप्रेशनबाट पीडित रहेको कुरा लेखेकी छिन् । उनले डिप्रेशनकै कारण आत्महत्या गर्ने सोच पनि आउने गरेको तर परिवारमा उनलाई यति सानो उमेरमा डिप्रेशन हुँदैन भनेर सम्झाउने गरेको पनि बताइन् ।
१७ वर्षीया जायराले सामाजिक सञ्जालमा आफ्नो बिमारीका विषयमा लेखेकी छिन्, ‘अन्ततः म यो कुराको बारेमा बताउँदैछु कि म लामो समयदेखि डिप्रेशन र एन्जाइटीबाट पीडित छु । मलाई यस्तो बिमारी भएको चार वर्ष भयो’ । साथै उनले बिमारीकै कारण दिनमा पाँच वटा एन्टी–डिप्रेशनको गोलीहरु खाइरहेको लेखेकी छिन् । ‘डिप्रेशनका कारण मलाई कैयौं पटक एन्जाइटी अट्याक आउने गर्छ । थकित, एक्लो, रित्तो रित्तो र एकदमै डर महसुस गर्छु । कहिले धेरै सुतेर त कहिले सुत्नै नसकेर शरीर धेरै दुख्छ ।’ जसका कारण आफूलाई रातारात अस्पताल लैजानु परेको पनि लेखेकी छिन् ।
उनले अगाडि लेखेकी छिन्, ‘मलाई याद छ म १२ वर्षकी हुँदा पहिलोपल्ट प्यानिक अट्याक भएको थियो । आफू १४ वर्षको हुँदा दोस्रो पटक अट्याक आएको थियो र यसपछि मलाई थाहा छैन कि यस्तो अट्याक मैले कतिऔं पटक झेल्नु पर्यो ।’ कहिले धेरै खाना खाने र कहिलै नखाएरै खोकै बस्ने र आत्महत्या गर्ने जस्ता नकारात्मक सोच पनि आउने गरेको उनले बताएकी छिन् ।
‘यो सब हुँदा पनि मलाई सबैले यति सानो उमेरमा तिमीलाई डिप्रेशन हुन सक्दैन, डिप्रेशन केवल २५ पूरा गरेका व्यक्तिहरुलाई मात्रै हुने गर्छ भन्ने गरेको लेखेकी छिन् । जायराले अगाडि लेखेकी छिन्, ‘म ती सबै व्यक्तिहरु प्रति आभारी छु, जो मेरो जीवनमा आएको उतारचढावमा सदा साथमा रहनुभयो । साथै मेरो परिवारप्रति पनि । उनले अन्त्यमा लेखेकी छिन्, ‘यस्तो अवस्थामा धैर्यताका साथ मसँगै रहनुहुने सम्पूर्णलार्ई जति धन्यवाद दिए पनि त्यो कम नै हुनेछ ।’
जायरा वसीमले २०१६ मा आमीर खानको फिल्म ‘दंगल’ मार्फत बलिउडमा डेब्यू गरेकी थिइन् । दंगलमा उनको कुस्ती तथा अभिनयको सारा बलिउड तथा दर्शकहरुले वाहवाही गरेका थिए ।
यस्तै २०१७ मा आमीर खान प्रोडक्सनले निर्माण गरेको फिल्म ‘सिक्रेट सुपरस्टार’ मा उनले गरेको अभिनय त्यतिकै प्रशंसनीय थियो । उक्त फिल्मले सर्वाधिक कमाई गर्दै बलिउडमा सानो बजेटमा बनेका फिल्ममध्ये सबैभन्दा बढी व्यापार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...