Total Hits: 0

‘मेरे भाइसाब’ ले १२५ करोड भारतीय नागरिक सम्मान गर्नुभयो : भारतीय प्रधानमन्त्री मोदी (भिडियो)

  • Posted: Friday, May 11, 2018 13:04 PM ( 4 years ago )
धनुषा, वैशाख  २८ – नेपाल भ्रमणको क्रममा जनकपुर आइपुगेका नरेन्द्र मोदीले आफ्नो न्यानो स्वागतका लागि नेपाल र नेपालीप्रति आभार र धन्यवाद प्रकट गर्नुभएको छ ।

जानकी मन्दिरमा पूजा अर्चनापछि जनकपुर–अयोध्या बससेवा सुरु गर्ने क्रममा उहाँले भारतको बहालवाला पहिलो प्रधानमन्त्रीको रुपमा आफूले जनकपुर भ्रमण गर्न पाउनु शौभाग्य भएको बताउनुभयो । आफ्नो स्वागतमा प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंबाट जनकपुरसम्म आएको भन्दै खुशी र धन्यवाद प्रकट गर्नुभयो ।

जानकी मन्दिर प्राङ्गणमा सम्बोधनको सुरुमा मोदीले ओलीलाई ‘मेरे भाइसाब’ भन्नुभयो । प्रधानमन्त्री ओली आफ्नो स्वागतका लागि पवित्र भूमि जनकपुरधाम आएको भन्दै आफूले त्यसलाई ऐतिहासिक रुपमा हेरेको बताउनुभयो । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारले गरेको आफ्नो स्वागत र सम्मान १२५ करोड भारतीय नागरिकको सम्मान भएको बताउनुभयो । त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्ध परापूर्व कालदेखिको रहेको भन्दै अहिलेको अवस्थामा नयाँ उचाइमा पुर्याउनुपर्ने बताउनुभयो ।

उहाँले यसो भन्दा छेउमै उभिएका ओली मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो । मोदीले जनकपुरमा आफूले पाएको सम्मान सिंगो भारतीय नागरिकका लागि भएको बताउनुभयो । यसअघि मोदीलाई जनकपुरमा प्रधानमन्त्री ओलीले स्वागत गर्नुभएको थियो ।

भारतका बहालवाला प्रधानमन्त्रीको रुपमा मोदीको पहिलो जनकपुर भ्रमण हो । यसअघि पूर्व प्रधानमन्त्री चन्द्रशेखर र अटलविहारी बाजपेयीले जनकपुरको भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook