Total Hits: 0

मोदीद्वारा जानकी मन्दिरमा विशेष पूजाआजा

  • Posted: Friday, May 11, 2018 11:54 AM ( 5 years ago )

काठमाडौं, वैशाख २८ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरमा पूजाआजा गर्नुभएको छ ।

भारतको पटनाबाट जनकपुर विमानस्थलमा उत्रिएलगत्तै जानकी मन्दिर पुग्नुभएका मोदीले आरतीसहित पूजाआजा गर्नुभएको हो । मोदीले सोडषोपचार विधीबार पूजाआजा गर्नुभएको थियो । पूजाका समयमा भजनकीर्तिन गरिएको थियो । मोदीले कीर्तनस्थलमा पुगेर केहीबेर बाजा पनि बजाउनुभएको थियो ।

मोदीलाई जानकी मन्दिर परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभएको थियो । 

मन्दिर परिसरमा दुवै प्रधानमन्त्रीले हात मिलाएर फोटो खिचाउनुभएको थियो । त्यसलगत्तै मोदीले मन्दिर परिसरमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो । 

मन्दिर परिसरमा दुवै प्रधानमन्त्रीलाई जानकी मन्दिरका महन्थ रामपेश्वर गिरीले पगडी लगाइदिनुका साथै मायाको चिनो स्वरुप जानकी मन्दिरको तस्बिर प्रदान गर्नुभएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook