Total Hits: 0

भारतीय प्रधानमन्त्रीको भ्रमणमा बीस मिनेटसम्म सवारी रोकिने

  • Posted: Friday, May 11, 2018 11:48 AM ( 4 years ago )

काठमाडाैं, वैशाख २८ – छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीमा २० मीनेटसम्म सवारी रोकिने भएको छ । 

दुई दिने राजकीय भ्रमणका लागि आज बिहान जनकपुर हुँदै दिउँसो १.३० बजे काठमाडौै आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि १० देखि २० मिनेटसम्म सवारी रोकिने भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मोदी हिँड्ने रुटमा १० मिनेटदेखि २० मिनेटसम्म सवारी रोकिने गरी ट्राफिक व्यवस्थापन मिलाइएको जानकारी दिनुभयो । 

“मोदी हिँड्ने बाटोमा १० मिनेट र विपरित बाटोमा २० मिनेटसम्म सवारी रोकिनेछ, कम भन्दा कम समय लाग्ने गरी ट्राफिक व्यवस्थापन मिलाएका छौँ,”–उहाँले भन्नुभयो । एम्बुलेन्स, दमकललगायतका अत्यावश्यक सवारी साधनलाई भने हिँड्न रोक लगाइएको छैन । 

दिउँसो १.३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने भारतीय प्रधानमन्त्री मोदी त्यहाँबाट बौद्धस्थित ह्यात होटल प्रस्थान गर्नुहुनेछ । दिउँसो ४ बजे गार्ड अफ अनरका लागि टुँडिखेल प्रस्थान गर्ने क्रममा चाबहिल, गौशाला, एरपोर्ट, बानेश्वरलगायतका क्षेत्रमा सवारी आगमन रोकिनेछन् । 

दिउँसो ४.३५ मा उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्न बहादुर भवन कान्तिपथ र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने क्रममा जमल लैनचौर महाराजगञ्ज हुँदै बूढानीलकण्ठ चल्ने सवारी रोकिनेछन् । बेलुका ६ बजे विभिन्न दलका नेतालाई भेट्न द्वारिका होटल पुग्ने क्रममा महाराजगञ्ज, चाबहिल, गौशालामा चल्ने सवारी साधन प्रभावित हुनेछन् । 

शनिबार मुक्तिनाथ जान लाग्नुभएका मोदी बिहान ६ बजे चाबहिल गौशालाका सवारी आगमनमा समस्या पर्नेछ भने मुक्तिनाथ दर्शन गरेर फर्केपछि पशुपतिको दर्शन गर्न जाँदा सोही क्षेत्रमा सवारी आगमनमा समस्या पर्नेछ । 

शनिबार दिउँसो नागरिक अभिनन्दमा सहभागी हुन राष्ट्रियसभा गृह जाने क्रममा चाबहिल, महाराजगञ्ज, लैनचौरको सवारी आगमन प्रभावित हुनेछन् भने दिउँसो स्वदेश फर्कने क्रममा बानेश्वर तीनकुने हुँदै सिनामंगलको सवारी आगमन केहि बेरका लागि प्रभावित हुने महाशाखाले जनाएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook