Total Hits: 0

नेपाल भ्रमणका क्रममा मोदीको कार्यतालिका

  • Posted: Friday, May 11, 2018 09:46 AM ( 4 years ago )

काठमाडौं, वैशाख २८ – नेपालको भ्रमणमा तेस्रोपटक आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिन नेपालमा निकै ब्यस्त रहुनुहुने भएको छ । 

भारतबाट जनकपुर हुँदै काठमाडौं र काठमाडौंबाट मुक्तिनाथसम्म पुग्ने मात्र होइन जनकपुर र काठमाडौंमा अभिनन्दन ग्रहण, जानकी मन्दिर, पशुपतिनाथ र मुक्तिनाथको दर्शन, प्रधानमन्त्री, पुर्व प्रधानमन्त्रीहरु तथा दलका नेताहरुसँग भेटवार्तालगायतका काममा मोदी ब्यस्त हुनुहुनेछ । उहाँको कार्यतालिका यस्तो हुनेछ –

वैशाख २८ गते शुक्रबार

बिहान १०ः१५ भारतको पटनाबाट हेलिकोप्टरमार्फत जनकपुर अवतरण ।

रक्षामन्त्री इश्वर पोखरेल र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतद्वारा विमानस्थलमा स्वागत ।

१०ः२० जानकी मन्दिरमा प्रधानमन्त्री केपी ओलीद्वारा स्वागत, मन्दिरमा संयुक्त रुपमा पूजाआजा र दुवै प्रधानमन्त्रीद्वारा रामायण सर्किट घोषणा, जनकपुर र अयोध्याबीच सिधा बस सेवाको उद्घाटन ।

११ः१५ बाह्रविघा मैदानमा अभिनन्दन, संबोधन ।

१२ः४० काठमाडाैंका लागि प्रस्थान ।

१ः३० त्रिभुवन विमानस्थलमा अवतरण, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीद्वारा स्वागत । 

१ः४० होटल हायात प्रस्थान । (रुट एयरपोर्ट, गौशाला, चावहिल हुँदै बौद्ध) ।

१ः५५ हायात होटलमा खाना ।

३ः४५ हायात होटलमै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग शिष्टाचार भेटवार्ता ।

४ः०० गार्ड अफ अनर ग्रहण गर्न सैनिक मञ्च टुँडिखेल प्रस्थान । (रुट– बौद्ध, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर हुँदै टुंडिखेल ) 

४ः४५ उपराष्ट्रपतिको कार्यालय बहादुरभवनमा उपराष्ट्रपति नन्दबहादुर पुनसंग शिष्टाचार भेटवार्ता । रुट–टुंडिखेलबाट सिधै बहादुरभवन (निर्वाचन आयोगको कार्यालयसँगै)

५ः३० शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारसँग शिष्टाचार भेटवार्ता (रुट– बहादुरभवन, लाजिम्पाट, पानीपोखरी, शितलनिवास)

६ः०० होटल द्वारिकाज बत्तिसपुतलीका लागि प्रस्थान रुट (शितलनिवास, महाराजगञ्ज, गौशाला हुँदै बत्तिसपुतली)

६ः१५ प्रधानमन्त्री केपी शर्मा ओलीसंग एक्लाएक्लै भेटवार्ता ।

६ः३५ नेपाल र भारतका प्रतिनिधिमण्डलबिच वार्ता ।

७ः२० पुर्व प्रधानमन्त्रीहरुसँग भेटवार्ता ।

७ः४० प्रधानमन्त्री केपी ओलीसंग संयुक्त रुपमा अरुण तेश्रो जलविद्युत आयोजनाको सिलान्यास ।

८ः०० रात्री खाना ।

९ः०० होटल हायातका लागि प्रस्थान । 

वैशाख २९ गते शनिबार

विहान ६ बजे हायातबाट त्रिभुवन विमानस्थलाका लागि प्रस्थान ( रुट बौद्ध, चाबहिल, गौशाला, एयरपोर्ट ) ।

६ः२० विमानस्थलबाट मुक्तिनाथका लागि प्रस्थान ।

७ः५० मुक्तिनाथको दर्शन ।

८ः३० मा मुक्तिनाथबाट मुक्तिनाथबाट जोमसोम प्रस्थान ।

८ः५० मा जोमसोम अवतरण ।

९ः०० जोमसोमबाट काठमाडौ प्रस्थान ।

१०ः२० मा त्रिभुवन विमास्थल अवतरण ।

१०ः३० मा त्रिभुवन विमानस्थलबाट पशुपतिनाथ प्रस्थान ।

११ः३० मा हायात होटल प्रस्थान ।

१२ः५० मा हायातमा विहानको खाना ।

२ ः०० नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीसँग भेटवार्ता ।

२ः३० मा राष्ट्रिय सभागृह भृकुटीमण्डपका लागि प्रस्थान (रुट–चाबहिल, महाराजञ्ज, जमल हुँदै भृकुटीमण्डप) ।

२ः४५ मा राष्ट्रिय सभागृहमा ‘नागरिक अभिनन्दन’ मा सहभागी ।

३ः४५ मा त्रिभुवन विमानस्थल प्रस्थान (रुट माइतीघर, नयाँ बानेश्वर तीनकुने हुँदै एयरपोर्ट) ।

४ः०० दिल्ली प्रस्थान ।

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook