Total Hits: 0

मोरिन्हो भन्छन्, दोस्रो हुँदा के उत्सव मनाउनु ?

  • Posted: Friday, May 11, 2018 08:09 AM ( 3 years ago )

वैशाख २८ – म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले प्रिमियर लिगमा टिम उपविजेता बने  पनि खुशी साटासाट नगर्ने बताएका छन् । 

कसले के भन्छ भन्ने कुरामा खासै वास्ता नगर्ने आफ्नै पाराका मोरिन्होले दोस्रो अर्थात् उपविजेता बने पनि खुशी साटासाट नगर्ने बताएका हुन् । जबकी म्यान्चेष्टर युनाइटेडको यो नतिजा अघिल्लो सिजनकोभन्दा चारस्थान सुध्रिएको हो ।

‘हामी सेलिब्रेशन गर्दैनौ, मोरिन्होले भनेका छन् तर क्लबको यो नतिजामा खुशी भने अवश्य छौँ ।’ ‘ठीकै छ, उनले थपे बुकुर्शी मारिहाल्ने मेरो न चरित्र हो न त विगत नै अनि मेरो क्लब (म्यान्चेष्टर युनाइटेड) को पनि कुरा उस्तै हो ।’

शुक्रबार विहानपख सकिएको खेलमा वेष्टह्याम युनाइटेडसँग गोलरहित बराबरी खेलेको म्यान यू प्रिमियर लिगको उपविजेता बन्ने निश्चित भएको छ ।

केही समयदेखि अब उपाधि जितिन्न भन्ने आफुहरुलाई लागेको स्वीकार्दै मोरिन्होले त्यसैकारण टिमको लक्ष्य दोश्रो हुने नै रहेको बताएका छन् । 

‘प्रिमियर लिगको शीर्ष ४ मा रहनसक्नु राम्रो उपलब्धि हो, मोरिन्होले भने दोस्रो हुनु झनै राम्रो हो, लिगको यो आयाम र कठिनाइका बीच यो उपलब्धि पनि चानचुने होइन ।’

यो उपाधिका लागि खेलाडी र क्लब योग्य रहेको उनको भनाइ छ । म्यान्चेष्टर युनाइटेडले एफ ए कप फुटबलको उपाधिका लागि मे १९ तारिखमा चेल्सीसँग खेल्दैछ ।

 
  

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook