Total Hits: 0

सेताम्य हिउँले मोदीको स्वागत गर्दै मुस्ताङ

  • Posted: Friday, May 11, 2018 07:36 AM ( 4 years ago )

मुस्ताङ, वैशाख २८ – 'फागुन महिनायता अहिलेसम्म यसरी मुस्ताङमा हिउँ परेकै थिएन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भाग्यमानी नै मान्नुपर्छ' – मुक्तिनाथका स्थानीयवासी मानबहादुर थकालीले भन्नुभयो । 

गर्मीयामको पनि बीच समयमा बुधबार राति मुस्ताङमा अत्याधिक रुपमा परेको हिउँका कारण यतिखेर मुक्तिनाथसहित आसपासका हिमाल हिउँले सेताम्य भएका छन् ।

विश्वमा नै शक्तिराष्ट्रका रुपमा उदीयमान भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही शनिबार हुन लागेको मुक्तिनाथ दर्शनका कारण यतिखेर सिङ्गो मुस्ताङ चहलपहलमय भएको छ । यहाँ आउने पर्यटकले हिमाललाई साक्षी राखेर तस्वीर खिचाउन र सेल्फी खिच्न यतिखेर भ्याइनभ्याइ छ । 

यस्तो गर्मीयाममा पनि एकाएक हिउँ पर्दा मुस्ताङ र आसपासका क्षेत्र निकै रमणीय देखिएको थकालीले बताउनुभयो । 

अघिपछि पनि भारतीय पर्यटकको निकै चाप हुने गरेको मुक्तिनाथमा यतिखेर अत्याधिक संख्यामा भारतीय पर्यटक आइपुगेका छन् भने नेपालस्थित भारतीय राजदूतावासका कर्मचारी र भारतीय सुरक्षाकर्मी पनि ठूलो संख्यामा देखिएका छन् । 

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीका क्रममा आएका भारतीय राजदूतावासका कर्मचारी, सुरक्षाकर्मी एवं अन्य पर्यटक पनि सेताम्य हिउँले छापिएका उच्च हिमाली दृश्यमा मोहित बन्ने गरेको नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले बताउनुभयो ।

'भारतीय प्रधानमन्त्रीको भ्रमण एवं दर्शन नजिकिएका अवस्थामा वरपरका डाँडा छपक्क हिउँले ढाकिनु साँच्चै सौभाग्यकै कुरा हो,' अध्यक्ष थकालीले भन्नुभयो, 'भ्रमणको समाचार संकलन गर्न आउने स्वदेशी एवं विदेशी पत्रकारले हिमपातका सुन्दर दृश्यलाई सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्नेछन् ।'

भारतीय प्रधानान्त्री मोदी भ्रमणले यहाँको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन हुने उहाँले बताउनुभयो । भ्रमण नजिकिँदै गर्दा मुक्तिनाथ र आसपासका क्षेत्र हिउँले भरिएका कारण निकै रमणीय बनेको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार मोदीको भ्रमणको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको छ । पूजाको तयारीका साथै स्वागतद्वार निर्माणलगायत काम धमाधम भइरहेको छ । रानीपौवा बजारदेखि मुक्तिनाथ मन्दिरसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ भने तयार गरिएका हेलिप्याड क्षेत्रको सुरक्षार्थ कुकुरसमेत परिचालन गरिएको छ ।रासस 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook